विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्वव्यापी रूपमा जलविद्युत आयोजनामा जडान हुने इलेक्ट्रो मेकानिकल उपकरण उत्पादन र आपूर्ति गर्ने फ्लोभेल इनर्जीले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै ल्याएको छ । साना तथा मझौला आयोजनाका लागि आवश्यक टर्बाइन, भल्भ लगायत उपकरण उत्पादन तथा आपूर्ति गर्ने कम्पनीले अहिलेसम्म नेपालमा १५ आयोजनामा विभिन्न खालका उपकरण भित्र्याएको छ ।

५० वर्षको इतिहास बोकेको भारतीय व्यापारिक कम्पनी फ्लोभेलले नेपालमा चिलिमेदेखि आफ्नो सेवा सुरु गरेको जनाएको छ । पछिल्ला वर्षमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामा उपकरण आपूर्ति गर्ने गतिविधिलाई तीव्रता दिएको छ । उसले अहिलेसम्म २४० मेगावाटका १५ आयोजनामा आफ्ना उत्पादन पुर्याइसकेको जनाएको छ ।

कम्पनीमा उपकरण (टर्बाइन तथा भल्भ) जडान भएका आयोजनामा २२.१ मेगावाटको चिलिमे (चिलिमेमा फ्लाेभेलले साेल्जरसँग मिलेर गरेकाे थियाे), १ मेगावाटको सेती–फेवा (एमआइभी भल्भ), १३.६ मेगावाटको थापा खोला (पिपिभी भल्भ), ७.८ मेगावाटको सुपर माई, ५ मेगावाटको घलेम्दी छन् । यी आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ ।

यसैगरी, फ्लोभेलका उपकरण जडान गर्ने सम्झौता गरिएका आयोजनाहरूमा ७७ मेगावाटको लिखु–१ (पिपिभी भल्भ), ५५ मेगावाटको लिखु–२ (पिपिभी भल्भ), ११ मेगावाटको तल्लो खारे खोला, ९.६ मेगावाटको दरम खोला, ७/७ मेगावाटका सुरी खोला र अप्पर सुरी, ६.२ मेगावाटको तल्लो जोगमाई, ५ मेगावाटको घट्टे खोला र ६ मेगावाटको रेले खोला छन् ।

नेपालमा जलविद्युत उत्पादनको सम्भावना पर्याप्त रहेको हुँदा फ्लोभेलले पनि आफ्नो व्यापारिक योजनालाई तीव्रताका साथ अगाडि बढाएको कम्पनीका नेपाल प्रतिनिधि सुरेश चन्द्रले बताए । जलविद्युत आयोजनामा जडान हुने हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरणको व्यापारमा डब्लूकेभी, एन्ड्रिज हाइड्रो लगायत विदेशी कम्पनीले आफ्नो उपस्थिति बाक्लो बनाएका छन् ।

फ्लोभेलका अनुसार उसले अहिलेसम्म विश्वका १३ देशमा निर्माण भएका र निर्माणाधीन २६३ जलविद्युत आयोजनामा झन्डै ६०० थान उपकरण आपूर्ति गरिसकेको छ । ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको कम्पनीले विश्वमा ६००० मेगावाटभन्दा बढी क्षमताका आयोजनामा सेवा पुर्याइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit