विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले प्रसारण तथा वितरण प्रणालीका विद्युतीय संरचनामा क्षति पुर्याउँदा प्रदेश–१ का अधिकांश जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । प्रदेशभरको विद्युत आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको सुनसरीस्थित दुहबी सबस्टेसन डुबानमा पर्दा तथा ठाउँ-ठाउँमा वितरण लाइनका विद्युत पोल ढल्दा प्रदेशको विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो ।

गत सोमबारदेखिको अविरण वर्षासँगैको बाढीले विद्युतीय संरचना क्षतिग्रस्त हुँदा मंगलबारदेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लाको विद्युत सेवा अवरुद्ध छ । सबस्टेसन नै डुबानमा परेकाले सबैतिरको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

दुहबी सबस्टेसनको प्राविधिक कक्षमा बाढी पसेको छ । अझै वर्षा भई सबस्टेसनका उपकरणमा क्षति पुगेको अवस्थामा अझै ३ देखि ४ दिनसम्म प्रदेशभरको विद्युत आपूर्ति सुचारु गर्न सकिने अवस्था नरहेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘सबैतिर विद्युत आपूर्ति गर्ने सबस्टेसन डुबानमा परेकाले प्रदेशभरमा नै अहिले ब्लाक आउट भएको छ,’ उनले भने, ‘सबस्टेसनभित्रको पानी हटाएर विद्युत आपूर्ति सुचारु गराउने प्रयास भइरहेको छ ।’ उनले डुबानमा परेको सबस्टेसन सफा गर्न आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतसमक्ष आग्रह गरेको बताए । 

दुहबी सबस्टेसन बन्द हुँदा १३२ केही काबेली करिडोर प्रसारण लाइन पनि बन्द भएको छ । प्रसारण लाइन बन्द हुँदा यो लाइनमा विद्युत प्रवाह हुने जलविद्युतगृहको उत्पादन पनि बन्द भएको छ । विद्युत प्रवाह हुन नसकेकै कारण काबेली कोरिडोरमा जोडिएको १७० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद हुन पुगेको छ ।

प्रसारण लाइन बन्द हुँदा सानिमा माई, माई क्यासकेड, हेवा ‘ए’, तल्लो हेवा, सुपर माई, सुपर माई ‘ए’ काबेली ‘बी’–१, इवा खोला, माथिल्लो माईलगायत आयोजनाको उत्पादन ठप्प हुन पुगेको छ ।

वर्षा र बाढीका कारण ठाउँ–ठाउँमा विद्युतीय पोल पनि ढलेका छन् । इलाम वितरण केन्द्र अन्तर्गत १५० भन्दा बढी जीर्ण अवस्थाका काठका पोल ढलेका छन् । रंगेली वितरण केन्द्र अन्तर्गत ३३ केभी लाइनका ३ वटा पोल भाँचिएका छन् । ५ वटा पोल ढलेका छन् ।

यस्तै, वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा,बैतडी, बझाङ, अछामलगायत पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit