विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले सुपर मादी जलविद्युत आयोजनाकाे सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कास्कीमा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको विदेशमा रहेका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला अवधि आज (मंगलबार) साँझबाट सकिन लागेको हो ।

सुपर मादी हाइड्रो पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेकाहरूको लागि २ लाख १० हजार कित्ता  सेयर निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २  लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेको नेपालीहरूका लागि छुट्याएको हो ।

यस्तै, कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सय रुपैयाँ अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार निष्कासीत सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता  र अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ तथा पोखरा महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ का स्थानीयका लागि ७ लाख ३५ हजार कित्ता छुट्याइएको छ ।

स्थानीयले ढिलोमा २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माग भन्दा बढी आवेदन आएमा निर्धारित तालिका अगावै निष्कासन तथा बिक्री बन्द गरिनेछ ।

कम्पनीका अनुसार दुवैले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धत तोकिएको छ ।कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit