विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको अडिट २ र अडिट ३ बिचको ३८३६ मिटर सुरुङ छेडिएको (ब्रेक थ्रु) छ । आज उक्त दूरीको सुरुङको निर्माण पूरा भएको हो ।

कूल ६.२७० किलोमिटर मुख्य सुरुङ खन्नुपर्नेमा अब ३५० मिटरमात्र बाँकी रहेको रघुगंगा हाइड्रो पावर लिमिटेडका प्रबन्ध निर्देशक गणेश केसीले जानकारी दिए । उनका अनुसार अब १५ दिनभित्रै सुरुङको लाइनिङ र ग्राउटिङको काम सुरु गर्ने तयारी छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको अहिलेसम्म ७१ प्रतिशत काम पूरा भएको आयोजनाले जानकारी दिएकाे छ । ‘अबको डेढ वर्षभित्र सम्पूर्ण काम पूरा गरेर विद्युत् उत्पादन गर्ने तालिका छ,’ आयोजनाका जियोलोजिस्ट नवीन वस्तीले भने, ‘सोही लक्ष्य अनुसार कामलाई तीव्रता दिइएको छ ।’

भारतीय एक्जिम बैंकको ६.७० करोड अमेरिकी डलर सहुलियत ऋण, प्राधिकरण र सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको कूल लागत करिब ८ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको सिभिलतर्फको काम भारतको जयप्रकाश एसोसियटले गरिरहेको छ । ठेकेदारले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस्तै, इलेक्ट्रो मेकानिकलतर्फको निर्माण पनि भारतकै हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) गरिरहेको छ ।

आयोजनाले सन् २०२३ जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित प्राधिकरणसँग २०७५ चैतमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको थियो । यहाँबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न ‘लुप इन लुप आउट’ (लिलो) का ४ टावर तयार भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit