विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कास्कीको मादी गाउँपालिका निर्माण भएको २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाबाट १ सातादेखि परीक्षण उत्पादन सुरु गरिएको प्रवर्द्धक मादमे खोला हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक धनबहादुर श्रेष्ठले ऊर्जा खबरसँग बताए ।

‘एक साता लामो परीक्षण उत्पादन सकिएपछि मंगलबार (२०८२ मंसिर १२ गते) १२ बजेपछि अब नेपाल विद्युत् प्राधिकरणलाई १५ दिनसम्म परीक्षणका रूपमा निःशुल्क विद्युत् उत्पादन गरेर दिने छौँ,’ उनले भने, 'त्यसपछि व्यावसायिक उत्पादन सुरु हुने छ ।'

कम्पनीले २०७४ साउन १५ गते विद्युत् विकास विभागबाट आयोजनाको सर्वेक्षण अनुमति पत्र लिएको थियो । त्यस्तै, २०७७ असार ३ गते उत्पादन अनुमति पाएको थियो । यद्यपि, कोरोना महामारीका कारण निर्माण कार्य अघि बढाउन सकेको थिएन । २०७८ को बर्खायाममा आएको बाढी–पहिरोले आयोजनाको ७ किलोमिटर लामो पहुँच सडकको ७५ प्रतिशत भाग पहिरो खसेर पुरिएपछि काम बन्द भएको थियो । बाढीले गर्दा आयोजनालाई करिब १० करोड रुपैयाँ बढीको क्षति भएको भएको थियो । 

नयाँ तालिका अनुसार साढे २ वर्षभित्र आयोजना निर्माण पूरा भएको श्रेष्ठको भनाइ छ । ‘नयाँ तालिका अनुसार आयोजनाको खास निर्माण कार्य २०७९ साल कात्तिकदेखि आयोजनाको निर्माण सुरु भएको भएको हो,’ उनले भने, ‘तर खास निर्माण कार्य भने साढे २ वर्षमा सकिएको छ ।’

ग्रस हेड ५५५.३६४ मिटर रहेको आयोजनाको माथिल्लो क्षेत्रमा रहेको बाँधबाट २ हजार ७०० मिटर लामो हेडरेस पाइपमार्फत विद्युत्‌गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिएको छ ।

आयोजनबाट वार्षिक औसत १४२.१९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत सुपर मादी जलविद्युत् आयोजनाको स्चियार्डमा पुर्‍याएर त्यहाँबाट लेखनाथ सबस्टेसनमा लगी राष्ट्रिय प्रसारणमा जोडिएको छ । 

प्राधिकरणसँग ‘लेउ या तिर’ प्रावधान अनुसार आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता गरिएको छ । जसअनुसार हिउँदका ६ महिना प्रतियुनिट ८.४० रुपैयाँ र वर्षाका ६ महिना ४.८० रुपैयाँको दर तोकिएको छ । 

आयोजनाको कुल निर्माण लागत करिब ४ अर्ब ८० करोड (प्रतिमेगावाट २० करोड) रुपैयाँ पुगेको उनले जानकारी दिए । आयोजनामा एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, एनआइसी एसिया र प्रभु बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३