विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उपत्यकासहित देशभर विद्युतीय गाडी चार्ज गर्ने ५० चार्जिङ स्टेसन निर्माणको जिम्मा चीनको स्टार चार्ज कम्पनीले पाएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धाका आधारमा चार्जिङ स्टेसन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।

प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाअन्तर्गत चार्जिङ स्टेसन निर्माण गर्न चिनियाँ कम्पनीसँग यसै साता ठेक्का सम्झौता हुने भएको छ । ठेक्का सम्झौताका लागि चिनियाँ कम्पनीलाई पत्र लेखेर बोलाएको आयोजना प्रमुख सागरमणि ज्ञवालीले बताए ।

‘चार्जिङ स्टेसन निर्माणका लागि ठेकेदार छनोट भइसक्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले ठेक्का पाउने कम्पनीलाई सम्झौता गर्न आउ भन्ने पत्र दिइसकेका छौं । सम्भवतः यसै साता सम्झौतामा हस्ताक्षर हुन्छ ।’ उनले काम सक्न १ वर्षको समय मिल्ने भए पनि ठेक्का सम्झौता भएको मितिले ६ देखि ८ महिना सबै चार्जिङ स्टेसनको निर्माण पूरा हुने बताए ।

सबै चार्जिङ स्टेसनको निर्माण पूरा गरेर सञ्चालनमा ल्याउन ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो लागतभित्र ट्रान्सफर्मर खरिद तथा जडान , हाई तथा लो टेन्सन लाइन तान्ने, सिभिल संरचना निर्माण, चार्जिङ स्टेसन निर्माण, सफ्टवेयर तथा कम्युनिकेशन, डिजिटल बिल भुक्तानीका लागि ‘पेमेन्ट गेट वे’को संरचना तयार गर्ने लगायत काम हुने ज्ञवालीले जानकारी दिए ।

चार्जिङ स्टेसन निर्माण गर्न एसियाली विकास बैंकले ऋण लगानी गरेको छ । ५० मध्ये उपत्यकामा ७ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । यसबाहेक पनि बागमति प्रदेशमा १३ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । उपत्यका बाहिर मलेखु, बिपि राजमार्ग (सिन्धुली), हेटौंडा, भरतपुर, मुङलिन÷कुरिनटार र बनेपामा चार्जिङ स्टेसन राखिनेछ ।

यस्तै, प्रदेश–१ मा भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा गरी ५ स्थानमा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । प्रदेश–२ मा वीरगन्ज, सिमारा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजबिराज गरी ७ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने छ ।

गण्डकी प्रदेशमा पनि ६ वटा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । यो प्रदेशमा नवलपुर (पूर्वि नवलपरासी), दमौली, स्याङ्जामा १÷१ वटा तथा पोखरामा ३ चार्जिङ स्टेसन निर्माण हुने प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली र सूदुर पश्चिम प्रदेशमा क्रमशः ८, १ र ३ वटा गरी १२ चार्जिङ स्टेसन निर्माण हुनेछन् । लुम्बिनीमा नेपालगन्ज, भालुवाङ, बुटवल (३), दाङ र बर्दघाट/सुनवल (२) मा चार्जिङ स्टेसनको संरचना राखिने भएको छ । कर्णालीको सुर्खेतमा एउटा तथा सूदुरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ । 

प्राधिकरणले स्थानीय तहसँगको समन्वयमा ७ वटै प्रदेशमा गरी १४२ किलोवाटसम्मका चार्जिङ स्टेसन निर्माण गर्दैछ । चार्जिङ स्टेसनमा १४२ किलोवाटको चार्जर राखिनेछ । जसमा १२० किलोवाट डिसी र २२ किलोवाट एसी हुनेछ । ३ वटा ‘गन’ हुनेछन् ।

चार्जिङ स्टेसनमा १२० किलोवाटसम्म विद्युत खपत गर्ने विद्युतीय ठूला बस चार्ज गर्न सकिनेछ । चार्जिङ स्टेसनमा ठूलो विद्युतीय बस १ घन्टा २० मिनेटमा पूर्णरूपमा चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । एक पटक पूर्णरूपमा चार्ज भइसकेपछि विद्युतीय बस साढे ३ सय किलोमिटरसम्म गुड्ने ज्ञवालीले दाबी गरे ।

यस्तै, ६० किलोवाटसम्मकाे साना विद्युतीय सवारी चार्ज गर्न मिल्ने संरचना पनि निर्माण हुनेछ । स्कुटर, माेटर साइकल चार्ज गर्ने मिल्ने ठाउँ पनि बनाइने भएकाे छ । प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गर्न स्थानीय तहसँगको समन्वयमा सम्बन्धित जिल्लाको संरचना प्रयोग गर्ने ज्ञवालीले बताए । चार्जिङ स्टेसन निर्माणको काम पहिले नै सुरु भइसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारीको असरले धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit