विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादन लाई प्रभावकारी रूपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा नयाँ ट्रान्सफर्मर  मार्फत विद्युत सेवा सुचारु गरेसँगै सेवा प्रभावकारी बनाएको छ ।

विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी प्रभावकारी बनाउने उद्देश्यले आवश्यकता अनुरुप कार्य सम्पादन गरिरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । केन्द्रीय विद्युत् उपभोग गर्ने ग्राहकहरुको संख्या वृद्धि हुँदै गएपछि ट्रान्सफर्मरको लोड व्यवस्थापन गर्नको निमित्त मल्म ठुलचौतारामा २५ केवि क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नयाँ ट्रान्सफर्मरको एक कार्यक्रमका बिच नेपाल विद्युत पा्रधिकरण बागलुङका प्रमुख शिव नारायण गोशेलिले स्विच अन गरी सेवा सुभारम्भ गर्नुभएको थियो । उक्त ट्रान्सफर्मरबाट मल्मको अर्बेदि, खालि र टोकरीका झन्डै ५० घर धुरी लाभान्वित भएका छन । वडामा विद्युतिकरणलाई प्रभावकारी र व्यवस्थितरूपमा सञ्चालन गरि जनताको दैनिकिमा सहजता ल्याउन केहि समय आगाडि वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले प्राधिकरणलाई ट्रान्सफर्मर र अन्य विद्युतका सामग्रीहरु माग गरेको गलकोट नगरपालिका वडा न ७ का अध्यक्ष सुबेदार टिकाबहादुर थापाले बताए ।

वडालाई गत वर्ष देखि काठको पोल मुक्त बनाइएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, जनप्रतिनिधी, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो । मल्ममा वि.सं. २०६८ सालदेखि केन्द्रिय विद्युत सेवा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit