images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
आर्थिक काेण

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभामा नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफूमाथि अनुसन्धानको नाममा राजनीतिक स्टन्ट गरिएको बताएका छन् । राजनीतिक स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट देखाउनु नपर्नेसमेत उनले बताएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा बयान दिएपछि सांसद चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूमाथि सिआईबीले अनुसन्धान गर्ने विषय राजनीतिक स्टन्टको रूपमा सञ्चार माध्यमहरूमा आएको बताए ।

‘म संसदमै थिएँ, ममाथि अनुसन्धान गर्ने विषयमा जानकारी गराएको पत्र सार्वजनिक भयो,’ उनले भने, ‘यो समाचारले सञ्चार माध्यम रंगिए । त्यसबाट यो स्टन्ट के उद्देश्यबाट गरिएकाे हाे भन्ने स्पष्ट भएको छ ।’

उनले उक्त जग्गा प्रकरणबारे आफ्ना भाई (अरुण चौधरी) माथि अनुसन्धान सुरु भएपछि आफूले पार्टीको बैठकमै उक्त विषयमा सबै कुरा कुरा राखेको बताए । आफू जिम्मेवार व्यक्ति तथा राजनीतिज्ञ भएकोले अनुसन्धानमा सघाउने समेत उनले बताए ।

‘म जिम्मेवार व्यक्ति तथा राजनीतिज्ञ भएकाले सरकारलाई अनुसन्धानमा सहयोग गर्न यहाँ उपस्थित भएको हुुँ,’ उनले भने, ‘४२ वर्षअघि बाँसबारी जस्तो अनकन्टार ठाउँ र कौडीको भाउ पनि नभएको जग्गालाई आधार बनाएर राजनीतिकरण गर्न खोजियो । यसमा मलाई दुःख लागेको छ । मेरो भाइमाथि अनुसन्धान सुरु हुनेवित्तिकै मैले दलको बैठकम आफ्ना सबै कुरा राखेको थिएँ ।’

उनले ८० वर्षअघिदेखि स्थापित समूहले ४२ वर्षअघि बाँसबारीको १० रोपनी जग्गामा कुदृष्टि लगायाे भन्ने सोच्नु नै विकृत मानसिकताको उपज भएको बताए । त्यसबेला पब्लिक–प्राइभेट–पार्टनरसिपकाे एउटा उत्कृष्ट माेडलकाे रूपमा अघि बढाइएकाे नवीनतम साेचलाई राजनीतिकरण गर्नु दु:खद् भएकाे उनकाे भनाइ छ ।

‘मैले ४५ वर्षको लामो अभियानमा उद्यमी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्ष तथा राजनीतिकर्मीको हैसियतले जहिले पनि विकासको राजनीति गरेँ,’ उनले भने, ‘मैले कहिल्यै पनि गलत प्रवृत्तिलाई प्रश्रय दिइनँ । दलहरुबिचको जोडघटाउनमा कहिल्यै लागिनँ । प्रोफेशनल रूपमा आफूलाई प्रस्तुत गर्दै आएकाे छु ।’

गृहमन्त्री रवि लामिछानेले चैत ४ गते प्रहरी महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख श्याम ज्ञवालीलाई बोलाएर निर्देशन दिएपछि सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको थियाे । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीको रहोबरमा चौधरीसँग बाँसबारी जग्गा प्रकरणबारे बयान लिएको हो ।

बुधबार सिआईबीले चौधरीमाथि छानबिन भइरहेको विषय एक पत्रमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । उक्त पत्रमा भनिएको छ- ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दा च्याम्पियन फुटवेयर लिमेटेडका संस्थापक सेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय सांसद चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारी लागि सादर अनुरोध गरिएको छ ।’ सभामुखलाई जानकारी गराएको भोलिपल्टै बिहीबार बिहान सिआइबीले चौधरीसँग बयान लिएको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गाको स्वामित्व गैरकानुनी रूपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा हस्तान्तरण गरिएको भन्दै सिआइबीले अनुसन्धान सुरु गरेको हो । अनुसन्धानका क्रममा सिआइबीले गत माघ १८ गते सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको थियो । केही दिनमा उनी हिरासतमुक्त भएका थिए ।

गृहमन्त्री लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाले च्याम्पियन फुटवेयरलाई स्वामित्व हस्तान्तरण गरेको जग्गा सरकारको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई समेत बोलाएर ४ चैतमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit