images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाको ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । स्थानीयले अर्जै खोलाबाट ३ हजार ६५० मिटर लामो सिँचाइ नहरको निर्माण गरी सुविधा विस्तार गरेका हुन् ।

गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरूको खुुसीको कारण हो, दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौदेखि आकाशे पानीको भर पर्दै आएका त्यस क्षेत्रका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका छन् ।

सिँचाइका कारण किसानले समयअनुसारका अन्नवाली उत्पादन गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका–६ अन्तर्गत भैसेरुम्टामा सिँंचाइ योजना निर्माण भएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको छ ।

स्थानीयको लामो समयको प्रयासपछि गत तीन वर्षअघि शुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो । सिँचाइ योजना निर्माणको जिम्मा पाएको अञ्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिको सहयोगमा निर्धारित समयमै निर्माण सम्पन्न गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय अर्जै खोलाबाट पानीको स्रोत व्यवस्थापन ६५ घरधुरी प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताए । पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश त्यस क्षेत्रका किसानलाई सिँचाइ योजनाले ठूलो राहत पुगेको स्थानीय भैसेरुम्टा सिँंचाइ योजनाका अध्यक्ष देविराम गौतमले बताए ।

‘सिँचाइको अभावमा खेत बाँझै राखेर बजारबाट चामल किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले तिनै बाँझा खेतमा सिँचाइ पुगेपछि लहलह धान झुल्न थालेका छन,’ उनले भने, ‘अब त बजारबाट चामल बेसाउनु पनि पर्दैन ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit