विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडर संघर्ष समितिले गोटा गन्ति मिटरलाई प्राधिकरणको ज्यालादारी कर्मचारी नबनाएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् । मिटर रिडरलाई गोटा ठेक्काका मान्छे हुन भन्दै अपमानपूर्ण व्यवहार भएको भन्दै विरोधका कार्यक्रम सुरु गरेको थियो ।

मिटर रिडरहरूलाई प्राधिकरणको ज्यालादारी सरह ६२३ जनालाई एकै प्रकारको ज्यालादारी कर्मचारी बनाउन माग गर्दै गत जेठ २३ गते केन्द्रिय कार्यालयालाई ध्यानाकार्षण पत्र बुझाएको थियो । समितिले लामो समयदेखि प्राधिकरणले मिटर माथि विभेद गर्दै सेवा सुविधाबाट बञ्चित गरेको आरोप लगाएको थियो ।

समितिले यसअघि पनि विभिन्न समयमा मागका सम्बन्धमा ध्यानाकर्षण गराउँदै आएको थियो । २०७५ को विनियमावली ४ पटकसम्म संशोधन हुँदा पनि हाम्रो सेवा सुविधामा ज्यालादारी सरह हुन पर्नेमा विभेदपूर्ण शिर्षक खडा गरी कर्मचारीको मनोबलमा तिक्तता आउने प्रति समितिको ध्यानाकर्षण भएको छ ।

श्रमको ग्यारेन्टीको लागि समान ज्याला र श्रमिकको पहिचानको लागि पूर्ण कदको पहिचान सहितको प्राधिकरणको श्रमिक ज्यालादारी बनाउन समितिले जोडदार माग गरेको छ ।

लामो समयदेखि कार्यरत रहेर प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रियरूपमा सहभागी भए पनि मिटर रिडरलाई वेवास्ता गर्दै आएको समितिको आरोप छ । विगत १५ वर्षदेखि प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरूपमा पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरेको समितिको ध्यानाकर्षण पत्रमा उल्लेख छ । पत्रमा प्राधिकरणमा गरेको योगदान र श्रमको खिल्ली उडाइएको, कुनै मुल्याङ्कन समेत नभएको समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit