विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार (असार ६ गते) काठमाडौं र ललितपुर जिल्लाको विभिन्न क्षेत्रको विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेकोले सेवा बन्द गर्न लागेको हो ।

प्राधिकरणले बिहान ८ः३० देखि अपरान्ह ४ः३० बजेसम्म सेवा बन्द गर्ने भएको छ । लप्सिफेदी तथा चाँगुनारायण सबस्टेसन आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नती गरी ६६ केभीको टेकू–स्युचाटार प्रसारण लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेकोले सेवा बन्द गरी काम गर्ने प्राधिकरणले जनाएको छ ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूको सेवा बन्द हुनेछ । प्राधिकरणले ८ वटा फिडरबाट वितरण हुने सेवा बन्द गर्ने जनाएकाे छ ।

सेवा बन्द हुँदा बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रको आपूर्ति प्रभावित हुनेछ । पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र  ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।

यसैगरी, चमती फिडर अन्तर्गतका  ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका  बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रको सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।

त्रिपुरेश्वर फिडरअन्तर्गतका  टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूतिगृह हुँदै बबरमहलसम्म, सानेपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्मको सेवा बन्द हुन्छ ।

भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्मको सेवा प्रभावित हुनेछ ।

प्राधिकरणले ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्तिको प्रयास गर्ने जानकारी दिएको छ । निर्धारित समयअगावै काम सम्पन्न तोकिएको समगअगगावै सेवा सुरु गर्ने पनि प्राधिकरणले जनाएको छ ।

थप जानकारी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit