images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ हाइड्रो पावर लिमिटेडले १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरण सहायक कम्पनीले तनहुँ जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

निर्माणाधीण १४० मेगावाटकाे तनहुँ जलाशययुक्त जलविद्युत आयोजनाको टेलरेसबाट १८ किलोमिटर तल्लो तटिया क्षेत्रमा अवस्थित बन्दीपुर गाउँपालिकाका वडा नम्बर ६ तथा देवघाट गाउँपालिका वडा नम्बर ३ मा अवस्थित साराङ्गघाट नजिक सेती नदीमा आयोजना  निर्माण गर्न लागिएकाे हाे । आयोजनाकाे ३२ मिटर अग्लो बाँध निर्माण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पानीको प्रवाहलाई देवघाट गाउँपालिकाको वडा नम्बर ३ र ४ हुँदै जाने ६.८ किलोमिटर लामो सुरुङग मार्ग मार्फत नदीको प्रवाहलाई फकाई त्रिशुली र सेती नदीको संगमदेखि करिब १.५ किलोमिटर तल्लो तटिया क्षेत्रमा पर्ने देवघाट गाउँपालिका वडा नम्बर ४ मा त्रिशुली नदीको दाया किनारामा बन्ने विद्युतगृहमा पानीलाई खसालीनेछ ।

कम्पनीले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाई गर्न लागिएकाे छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा बन्दीपुर गाउँपालिका, ब्यास नगरपालिका, देवघाट नगरपालिका, ऋषिङ्ग गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र चितवन जिल्लाको भरतपुर महनगरपालिकामा प्रभाव पर्न सक्ने कम्पनीले जनाइएको छ ।

प्रस्तावित आयोजनाको सार्वजनिक सुनुवाई असार १४ गते आम समूह भवन बन्दीपुर गाउँपालिकामा हुनेछ । परामर्शदाता तनहुँ हाइड्रो पावर लिमिटेड रहेको छ ।

आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएकाे छ। २०८१ मा ठेक्का निकालेर निर्माणमा जाने योजना रहेकाे कम्पनीले जनाएकाे छ । यो आयोजनाबाट वार्षिक सरदर ५२१ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit