विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल ७ हजार ६ सय ५४ मिटर लामो सुरुङको निर्माण सकिन लागेको हो ।

अब आयोजनाको मुख्य सुरुङ छेडिन ५० मिटर मात्रै बाँकी रहेको प्रवर्द्धक साहज ऊर्जा कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार प्राविधिकरूपमा कुनै समस्या नआए अबको केही दिनमै सुरुङ खनेर पूरा हुनेछ ।

‘आयोजनाको सबैभन्दा जटिल काम नै सुरुङमा हो,’ उनले ऊर्जा खबरसँग भने, ‘हामी सुरुङ खनेर सम्पन्न गर्ने चरणसम्म आइपुगेका छौं । यहि दिन नै खनेर सकिन्छ भनेर भन्न सकिने अवस्था त छैन । तर, केही दिनभित्रै सुरुङ सम्पन्न भएको खबर सुनाउँछौं ।’ आयोजनाको कूल सुरुङमध्ये ४ हजार ४ सय ६६ मिटर लामो मुख्य सुरुङ छ ।

उनले सिभिलतर्फ आयोजनाको ७६ प्रतिशत निर्माण सम्पन्न भइसकेको बताए । बाँध क्षेत्रका सबै संरचनाको निर्माण पूरा भइसकेको छ । पेनस्टक पाइप जडानको काम भइरहेको छ । विद्युतगृहमा सिभिलको काम अन्तिम चरणमा पुगेको छ । 

विद्युतगृहमा हाउजिङ राखिएको र बर्खा याममा ढुवानी समस्याले टर्बाइन आइनसकेकाले जडानको काम बाँकी रहेको उनले जानकारी दिए ।विद्युतगृह नजिर्क स्वीचयार्ड निर्माण भइरहेको छ । बर्खा सकिए लगत्तै भारतबाट इलेक्ट्रोमेकानिकल उपकरण आयात गरी विद्युतगृहमा जडान सुरु गरिने कम्पनीले जनाएको छ । कुनै अवरोध नआए आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

आयोजना सम्पन्न भएपछि वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा १००.२७ गिगावाट ङन्रटा र वर्षामा ४१९.९३ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । 

यो आयोजना सम्पन्न गर्न ११ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक सेयर लगानी छ । बाँकी १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइने भएको छ ।

सोलु बेसिनमा सोलू दूधकोसीबाहेक पनि ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit