विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनीको ९५ लाख कित्ता हकप्रद सेयर आवेदन खुल्ला भएको छ । ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको राधी विद्युत कम्पनी लिमिटेडले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई सेयर आवेदन खुल्ला गरेको हो । 

सय रुपैयाँ अंकित ९५ लाख २५ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १ बराबर १.४७ को अनुपातमा सेयर निष्कासन गरिएको हो । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । आवेदकले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीको विगत वर्षहरुदेखि नै सेयरधनीहरुलाई बोनस, सेयर, नगद लाभांशा प्रतिफल दिँदै आएको छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयर किनबेचलाई आकर्षणको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit