विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले अबकाे १० दिनभित्र साधारण सेयर बाँडफाँड गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माण सम्पन्न २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर बाँडफाँड गर्ने तयारी गरेकाे हाे । 

सेयर भर्न सर्वसाधारणकाे उत्साहजनक सहभागिता देखिएकाले अन्तिम दिन मंगलबार साँझसम्ममा १६ लाख २३ हजार जनाको सेयर आवेदन परेकाे छ । आवेदकबाट २ अर्ब ४५ करोड रुपैयाँ रकम संकलन भएकाे कम्पनीका सञ्चालक बटु लामिछानेले बताए ।

उनले मागभन्दा ९ गुणा बढी आवेदन परेकाले गाेल प्रथाबाट सेयर बाँडफाँड गरिने बताए । गाेलप्रथाबाट बाँडफाँड गर्दा कम्पनीमा कार्यरत कर्मचारी र सामूहिक लगानी काेषबाहेक २ लाख ७० हजार सर्वसाधारणले मात्रै १० कित्ता सेयर पाउने पनि लामिछानेले बताए । बाँकी १३ लाख ५२ हजार आवेदककाे हात खाली हुनेछ ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको २९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो । निष्कासन गरेको सेयरमध्ये ५८ हजार कित्ता अर्थात् २ प्रतिशत सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुटट्याइएको थियो । बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।  कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ । स्थानीयका लागि छुट्याइएको सेयरका लागि पनि मागभन्दा बढी आवेदन परेको थियो ।

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन ।

प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेकाले चालू आर्थिक वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन सुरु हुँदैछ । आयोजना सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट वार्षिक ७० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit