विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धनकुटा नगरपालिकाको वडा नम्बर १ सुकेपोखरीमा विद्युतीय सवारी साधनका लागि निर्माण गरिएको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी मिलन खड्काले १७ लाख रुपैयाँ लगानीमा निर्माण गरेको स्टेसन असोज १ गतेदेखि सञ्चालनमा आएको हो ।

सिजी ग्रुप कम्पनीसँग सहकार्य गरी निर्माण भएको यो चार्जिङ स्टेसन जिल्लाकै पहिलो रहेको सञ्चालक मिलन खड्काले बताए । ‘४ महिनाअघि सिजी कम्पनीसँग सहकार्य गरी विद्युतीय गाडीको बिक्री तथा प्रयोग बढाउन र सरकारले लिएको लक्ष्य पूरा गर्न चार्जिङ स्टेसन निर्माण थालेका थियौँं,’ उनले ऊर्जाखबरसँग भने, ‘चार्जिङ स्टेसन नभई बिजुलीबाट चल्ने गाडीको बिक्री र प्रयोग बढ्दैन, अब चार्जिङ स्टेसन निर्माण गरेका छौं । स्थानीय, सवारी व्यवसायी, र्साजनिक यातायात सबै क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्ने विश्वास छ ।’

चार्जिङ स्टेसनका लागि नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर निःशुल्क उपलब्ध गराएको पनि उनले बताए । साथै, चार्जिङ प्वाईन्ट सिजी ग्रुपले उपलब्ध गराएको छ । चार्जिङ स्टेसनमा ३० किलोवाट क्षमताको स्टेसन जडान गरिएको छ ।

एक पटकमा एउटा सवारी साधन चार्ज गर्न मिल्ने र सानो चार पाङ्ग्रे गाडी तथा दुई पाङ्ग्रे सवारीका लागि भने चार्जिङ प्वाइन्ट जडान गरिएको पनि खड्काले जानकारी दिए । यो चार्जिङ स्टेसन विशेषगरी माइक्रो (११ फिटे र १४ फिटे माइक्रो) का लागि हो । यसमा सवारी फुल चार्ज गर्न ४० मिनेट लाग्छ ।

पछिल्लो समय यस क्षेत्रमा विद्युतीय सवारीको चहलपलह बढ्दै गएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताए । ‘सुकेपोखरीमा चार्जिङ स्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ, अब थप विद्युतीय सवारीको चहलपहल, बिक्री वितरण बढ्नेछ’ उनले भने ।

प्राधिकरणले पनि देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा चार्जिङ स्टेसन निर्माण गरी उद्घाटन गरिसकेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा ५१ निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit