विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको पिकअप भ्यानमा भीरबाट खसेको ढुङ्गाले लागेर क्षति पुगेको छ । रसुवाको उत्तरी सीमा क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिकामा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना स्थलबाट काठमाडौँ आउने क्रममा स्याफ्रुबेसी नजिकै मदामैदुङ भन्ने स्थानमा सो दुर्घटना भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सत्यराम ज्याख्वाले बताए । 

उक्त स्थानमा आइतबार दिउँसाे पहिरोले अवरुद्ध भएको बोटो खोल्न लागिएकोले गाडीहरू रोकिएका थिए । रोकिराखेको स्थानमा कम्पनीको बा. १० च. ४२०७ नम्बरको टाटा हाइलक्स पिकअप भ्यानमा माथिबाट ठूलो ढुङ्गा खसेर लागेको उनले बताए ।

‘ढुङ्गाले गाडीको पछाडिको सिटमा प्वाल पारेर पछाडिको ढोका समेत बाहिर निस्कने गरी कुच्याएको छ,’ उनले भने, ‘बाटो जाम भई गाडी राकिएको र त्यसबखत गाडीभित्र कोही नभएकोले हाम्रा साथीहरू बच्न सफल हुनुभएको छ ।’ 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३