विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकहरुले सुपर माई हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि गत मंसिर २१ गतेबाट खुल्ला गरेको सेयर आवेदन अवधि आज (बुधबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेकाहरुको नेपालीहरुको लागि ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधरणका लागि छुट्याएको ५ लाख कित्ता मध्येको १० प्रतिशतले हुन आउने ५० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा काम गरीरहेका नेपालीहरुका लागि छ्ट्याएको हो । 

यस्तै, कम्पनीले स्थानीयका लागि जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गरेको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर इलाम जिल्लाका स्थानीयका लागि छुट्याइएको छ । 

उक्त सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानियका लागि ४० प्रतिशतले हुन आउने २ लाख कित्ता, अति प्रभावित क्षेत्रमा इलाम नगरपालिका ५, २, माइ जोगमाई गाउँपालिका ५ का स्थानीयका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य क्षेत्रमा वसोबास गर्ने वासिन्दाहरूका लागि कम्पनीले ६० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर छुट्याएको हो । आयोजन प्रभावित स्थानीयले भने पुुस २१ गतेसम्म आवेदन दिन सक्नेछन । यदी कम्पनीको माग अनुसार सेयर आवेदन प्राप्त भएमा २१ गते अगावै सेयर बिक्री बन्द गरिने पनि कम्पनीले जनाएको छ । 

कम्पनीको सेयर निष्सकान गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजको सञ्चालनमा छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit