विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिन आज अन्तिम दिन हो । कम्पनीले माघ १३ गते (शुक्रबार) बाट खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो ।

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित स्थानीयका लागि जारी पुँजी १ अर्ब बराबरको ३४ प्रतिशत अर्थात ३४ करोड रकम बराबरको ३४ लाख कित्तामध्येको १० प्रतिशत हुन आउने अर्थात १० लाख कित्ता, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि १० प्रतिशत हुन आउने अर्थात २ लाख ४० हजार कित्ता, सामुहिक लगानी कोषका लागि ५ प्रतिशत हुन आउने अर्थात १ लाख २० हजार कित्ता र २ प्रतिशत हुन आउने अर्थात ४८ हजार कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याएको हो ।  

सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३