विद्युत अपडेट

  • प्राधिकरण : ८२११ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शुभम पावर लिमिटेडले श्रम स्वीकृत लिई विदेशमा काम गर्न बसेका नेपाली श्रमिकको लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका  नेपालीहरुका लागि ५८ हजार ५८ कित्ता सेयर आवेदन खुल्ला गरेको हो ।

सर्वसाधरणका लागि छुट्याएको ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरकाे सय रुपैयाँ अंकित ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयरमध्ये १० प्रतिशत हुन आउने अर्थात ५८ हजार ५८ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधरणका लागि जारी पुँजीको २० करोड मध्येको २० प्रतिशत अर्थात ४ करोड रमक बराबरको ४ लाख कित्ता  छुट्याएको हाे। 

कम्पनीले स्थानीयमा अवितरित १ लाख ५० हजार ५  सय ८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५ सय ८० को १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । 

नेपाली नागरिकले आवेदन दिँदा १० कित्ता देखि ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले पुस २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit