विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले म्याग्दीस्थित मिलनचोक–डम्मरा ११ केभी हाइटेसन वितरण लाइन चार्ज गर्ने भएको छ । केन्द्रले बेनी बजार क्षेत्रमा विद्युत वितरण गर्न निर्माण गरेकाे लाइन शनिबार (माघ १० गते) देखि लाेड दिएर चार्ज गर्न लागेको हो ।

पर्वतको जलजला गाउँपालिका स्थित ३३/११ केभी मिलनचोक सबस्टेसनदेखि लामाखेत, अथुङ्गे, महारानथान, मंगलघाट हुँदै डम्मरासम्म निर्माण सम्पन्न भएको नयाँ वितरण लाइन चार्ज गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रले वितरण लाइनमा ११ हजार भोल्टेज प्रवाह गरिने हुँदा विद्युतीय संरचना (पोल, तार,स्टे) नजिक नजान तथा नछुन सर्वसाधारणमा अनुरोध गरेकाे छ ।

लाइन चार्ज गर्ने क्रममा विद्युतीय संरचनामा छुँदा नजिक जाँदा विद्युतीय दुर्घटनाकाे जाेखिम हुने भएकाले सावधानी अपनाउन भनिएकाे हाे । वितरण साइन सञ्चालन गर्ने क्रममा बेनी र दाना फिडरकाे विद्युत सेवा ५ घन्टाका लागि अवरुद्ध हुने पनि केन्द्रले जनाएकाे छ ।

लाइन चार्ज हुने अवधिभर बिहान ११ बजेदेखि  दिउँसाे ४ बजेसम्म दुवै फिडरकाे सेवा बन्द हुनेछ । सेवा बन्द हुँदा रत्नेचौर, अर्जम, भकुण्डे, गौश्वरा, तोराखेतलगायत यी फिडरबाट वितरण हुने क्षेत्रमा विद्युत नआउने भएकाे छ ।

नयाँ लाइन सञ्चालनमा आएपछि यस क्षेत्रकाे  वितरण प्रणालीमा सुधार हुनेछ । अहिले सञ्चालनमा रहेकाे वितरण लाइन ओभर लाेड हुँदा जथाभावी लाइन काटिने समस्या थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit