विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाममा निर्माणाधीन ९.५१ मेगावाटको माइबेनी जलविद्युत आयोजनाले आगामी फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले अबको डेढ महिनामा विद्युत उत्पादन गर्न लागेको हो ।

ऊर्जा डेभलपर्स प्रालिको सहायक सामलिङ्ग पावर कम्पनीले निर्माण गरेकाे आयोजनाकाे काम अहिलेसम्म ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । गरिरहेको छ । मुख्य संरचनाको काम सकिन लागेकाले लक्ष्यअनुसार नै विद्युत उत्पादन हुने आयोजनामा कार्यरत इन्जिनियर सिद्वान्त थपलियाले बताए ।

उनका अनुसार आयोजनाको बाँध, पाइपलाइन, सुरुङ, र विद्युतगृहमा एकसाथ काम भइरहेको छ । ‘बाँध क्षेत्रको निर्माण करिब ९० प्रतिशत पूरा भइसकेको छ’, उनले ऊर्जा खबरसँग भने, ‘बाँकी १० प्रतिशत काम पनि एक सातामा सकिँदैछ । त्यसपछि एक महिनामा सम्पन्न गर्ने गरी मेकानिकल उपकरण जडान सुरु हुन्छ ।’

उनले आयोजनाको करिब ३५० मिटर लामो पेनस्टक पाइपलाइन जडान कार्य ७० प्रतिशत पूरा भइसकेको बताए । १००० र १४०० मिटर लामो दुई वटा सुरुङमा  ढलानको काम भइरहेको छ । यो काम अबको २ सातामा सम्पन्न भइसक्ने पनि उनले बताए । विद्युतगृहमा इलेक्ट्रो मेकानिल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । उकरण जडानको काम पूरा गर्न अब एक महिना लाग्ने कम्पनीको दाबी छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत काबेली कोरिडोरको १३२/३३ केभी गोदक सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक साढे २ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिएको छ । आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एसबीआइ (अगुवाई) र सिद्वार्थ बैंकले कूल लागतको ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ ।

कम्पनीले स्वपुँजी लगानी जुटाउन १२ करोड ३० लाख रुपैयाँ मूल्यको १२ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ । सेयर निष्कासन गर्न  एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको छ । आयोजना सञ्चालनमा आउँदा वार्षिक ५३.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit