images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलु खोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाले यो आयोजना प्रसारण सम्झौता अनुसार लाइनबाट प्रवाह सुरु भएको हो ।

विद्युत बिक्रीबाट हुने करिब ८० करोड रुपैयाँ आम्दानी गुमाइसके पछि शनिबार (हिजो) देखि सोलु कोरिडोरबाट विद्युत प्रवाह सुरु भएको प्रवद्र्वक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले लाइनबाट ८ मेगावाट विद्युत प्रवाह भइरहेको छ ।

विद्युत उत्पादन सुरु भएको २ वर्षपछि वैकल्पिक प्रसारण लाइन छोडेर सोलु कोरिडोरमा जोडिएको छ । यो अवधिमा १ अर्ब ३५ करोड रुपैयाँ बढी आम्दानी हुनु पर्नेमा ठूलो हिस्सा गुम्दा करिब ५५ करोड रुपैयाँ मात्रै आम्दानी भएको कम्पनीले जनाएको छ ।

प्रसारण लाइनको समस्याले प्रवद्र्वक कम्पनीले मासिक औसत ३ करोड २४ लाख रुपैयाँ बढी आम्दानी गुमाउँदै आएको थियो । हिउँदमा समस्या नरहे पनि बर्खामा २३.५ मेगावाटको आयोजना ६ मेगावाटमा चलाउनु पर्ने बाध्यता थियो । ३३ केभी लाइनले लोड नलिँदा बर्खाको विद्युत खेर जाने गरेको थियो ।

हिउँदमा उत्पादन कम हुने हुँदा विद्युत खेर जाने समस्या खासै नभएको कम्पनीले जनाएको छ । बर्खामा १७ मेगावाट विद्युत खोलामा बगाउनु पर्ने बाध्यताले आम्दानीको ठूलो हिस्सा गुमिरहेको थियो । सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि अब आउने बर्खादेखि पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत सोलु कोरिडोरमा प्रवाह गर्न गत बुधबारदेखि ३३ केभी प्रसारण लाइनबाट हुने प्रवाह रोकिएको थियो । उत्पादन बन्द गरिए पनि प्रसारण लाइन अन्तर्गतको तिन्ला सबस्टेसन १३२ केभीमा स्तरोन्नति काम भइरहेकाले जोड्न सकिएको थिएन्, सबस्टेसनको स्तरोन्नतिको काम पूरा गरेर हिजोदेखि विद्युत प्रवाह सुरु गरिएको छ ।

सोलु कोरिडोरको तिन्ला सबस्टेसनमा जोडिने गरी सोलु बेसिनमा अहिले ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । सोलु कोरिडोरमा यस क्षेत्रमा निर्माण भएका विद्युत आयोजनाको ३२५ मेगावाट विद्युत प्रवाह गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit