images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले एक महिनामा ३ जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ । विभागले ऊर्जा उत्पादकले अध्ययन पूरा गरेको ५८.२ मेगावाटका आयोजनालाई निर्माण अनुमति दिएको हो ।

सबैभन्दा ठूला रुकुममा निर्माण गर्न लागिएको ४४.५२ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाले अनुमति पाएको विभागले जनाएको छ । विभागका अनुसार एक्सपर्ट हाइड्रो इन्भेष्मेन्ट प्रालिले उक्त आयोजना अघि बढाउन माघ ११ गते  अनुमति पाएको छ।

४.९ मेगावाटको माथिल्लो पिखुवा खोला निर्माण गर्न सुम्निमा हाइड्रो पावर कम्पनी लिमिटेडले माघ ९ गते अनुमति पाएको विभागको तथ्यांकमा छ । यो आयोजना भोजपुरमा निर्माण हुनेछ ।

यस्तै, ताप्लेजुङमा ९.३ मेगावाटको सिवा खोला निर्माण गर्न मेवा डेभलपर्सले माघ १९ गते अनुमति पाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा करिब ५१९ मेगावाटका १७ जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएका छन् । अहिलेसम्म ८ हजार ६ सय ६५ मेगावाट विद्युत उत्पादन गर्न २३५ जलविद्युत कम्पनीले अनुमति पाएकाकाे विभागकाे वेपसाइटमा उल्लेख छ।

यस्तै, माघ महिनामा ४ जलविद्युत कम्पनीले ७१.०८ मेगावाट विद्युत उत्पादन अनुमतिका लागि आवेदन दिएको विभागले जनाएको छ । विभागका अनुसार ९.४८ मेगावाटको तल्लो दुधकुण्ड, १२.५ मेगावाटको म्याग्दी खोला ‘बी’, ८.८ मेगावाटको निसी खोला र ४०.०३ मेगावाटको माथिल्लो सिम्बुवा खोलाले अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।

यो अवधिमा २० मेगावाटको दुई आयोजनाले अध्ययन अनुमति पाएका छन् भने  २०४.१० मेगावाटका दुई आयोजनाले अध्ययन अनुमतिका लागि विभागका आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit