images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कुलेखानी जलाशयमा आधारित जलविद्युत् आयोजनाहरूको नियन्त्रण तथा संरक्षण प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि नेपाल विद्युत् प्राधिकरण र एन्ड्रिज हाइड्रो प्रालिबीच सम्झौता भएको छ ।

दुई नियकाबीच सोमबार भएको सम्झौता अनुसार एड्रिज हाइड्रोले कुलेखानी जलाशयमा आधारित ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो आयोजनाको नियन्त्रण र सुरक्षा प्रणाली सुधारमा काम गर्नुपर्ने छ । 

यसका लागि एन्ड्रिजले आयोजनाका लागि अत्याधुनिक ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डेटा एक्युजिशन सिस्टम (एससिएडिए)’, व्यापक सुरक्षा प्रणालीहरु, कम्पनको निगरानी प्रणाली, आयोजनाका लागि आवश्यक स्पेयर्स पार्टस् र यससँग सम्बन्धित सबै सहायक सेवा उपलब्ध गराउने छ । 

सम्झौता अनुसार एन्ड्रिजले प्राधिकरणका इन्जिनियरहरुलाई आयोजना क्षेत्रमै गएर पनि तालिम तथा प्रशिक्षण दिने छ । उक्त सेवाहरु कम्पनीले आयोजनालाई नेपाल र भारतका दुवै स्थानबाट प्रदान गर्ने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit