विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल अनलाइन भुक्तानी सम्बन्धी सेवा विस्तार गर्न सेवा प्रदायक कम्पनीसँग प्रस्ताव मागेको छ । विद्युत महसुल तिर्न कार्यालय धाउनु पर्ने बाध्यताकाे अन्त्य गर्ने उद्देश्यले अनलाइन भुक्तानी सेवा देशभर विस्तार गर्न प्रस्ताव मागिएको हो ।

गाउँ गाउँसम्मको विद्युत महसुल संकलन कार्यलाई अनलाइनमार्फत अत्याधुनिक प्रविधियुक्त बनाउन सेवा प्रदायकसँग प्रस्ताव मागेको प्राधिकरणले जनाएको छ । ग्राहकलाई अनलाइन महसुल भुक्तानीको सेवा दिन इच्छुक योग्य कम्पनीले प्राधिकरणमा आगामी चैत ३० गतेभित्र प्रस्ताव पेश गर्न सक्नेछन् ।

सेवा दिन योग्य सेवा प्रदायकले कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, अनलाइनमार्फत आर्थिक कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि, आयकर/भ्याट दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, कम्पनीको प्रबन्धपत्र, तथा नियमावलीलगायत सबै आवश्यक कागजातसहित आवेदन दिन भनिएको छ ।

सेवा प्रदायकले महसुल संकलन गर्दा बिलमा उठेकाे ५ सय रुपैयाँसम्म सेवा शुल्क लिन नपाउने प्रस्ताव विद्युत प्राधिकरणको छ । ५ सय १ रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म भुक्तानी गर्ने ग्राहकबाट  प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लगाउन पाउने प्रस्ताव छ ।

सेवा प्रदायकले पनि सेवा शुल्क तोकेर प्रस्ताव गर्न पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलो पटक २०७४ भदौदेखि विद्युत अनलाइनमार्फत विद्युत महसुल संकलन गर्न सुरु गरेको थियो ।

अहिले इन्टरनेट सेवा पुगेका जिल्लाका ग्राहकले अनलाइनबाटै विद्युत महसुल तिर्दै आएका छन् । सबैभन्दा बढी ग्राहकले अनलाइनबाट विद्युत महसुल तिर्न इ–सेवाको प्रयोग गर्छन् । प्राधिकरणले देशभरका सबै महसुल संकलन काउन्टरसम्म पुर्याउने गरी काम गरिरहेको छ । 

विभिन्न बैंक तथा सेवा प्रदायक कम्पनीले अहिले पनि विद्युत महसुल अनलाइन भुक्तानीकाे सेवा दिइरहेका छन् । यसकाे प्रत्यक्ष फाइदा ग्राहकले पाएका छन् । काेराेना (काेभिड-१९ ) महामारीका बेला अलनाइन भुक्तानी सेवा प्रभावकारी देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit