विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुपेन्देहीको खैरेनीमा जेसिबीले ठक्कर दिएर पोल भाँचिदा खैरेनी क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । सुनवलको ज्यामीरेबाट बुटवलतर्फ जाँदै गरेको लु १ क ५१४४ नम्बरको जेसीबीले पोललाई ठक्कर दिएर पाेल भाँचिदा सेवा अवरुद्ध भएको हो ।

आइतबार साँझ गुल्मी घर बताउने १८ बर्षिय मिलन खत्रीले चलाएको जेसीवीले विजुलीको पोललाई ठक्कर दिएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र प्रमुख सुरेश कुमार महतोले बताए । उनका अनुसार पोल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

‘पोल बिच भागमै भाँचिएको छ’, उनले भने, ‘नयाँ पोल व्यवस्था गर्नुपर्ने भएकोले सेवा सूचारु गर्न नसकिएको हो ।’ अहिले पोल गाड्नलाई जग खन्ने काम सकिएको छ । अब पोल ठड्याएर आज साँझसम्म सेवा सुरु गर्नेगरी काम भइरहेको पनि महतोले बताए । सेवा हिजो साँझ ७ बजेदेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit