विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा मकर जितुमायाका अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

हाल मकर जितुमायाले प्रवद्र्धन गरेको ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाबाट २०७९ साल बैशाख १८ गतेदेखि विद्युतको व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा  प्रवाह गरिसकेको छ । कम्पनीले निर्माण गरिरहेको ७ मेगावाटको माथिल्लो सुरी खोलाको भौतिक प्रगति अहिलेसम्म ८५ प्रतिशत पूरा भएको जनाइएको छ ।

सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले मकर जितुमायाको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरूको अभिलेख राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायत काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit