• प्राधिकरण : १०९०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : २२४० मे.वा.घन्टा
  • निर्यात : ७२०६ मे.वा.घन्टा
  • ट्रिपिङ : २६० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२९११ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८५१ मे.वा.
×

पिपुल्स पावर कम्पनीको सेयर आवेदन खुल्ला

२०७९ असार ८

काडमाडौं । पिपुल्स पावर कम्पनीले ६ लाख कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले  आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।       

सय रुपैयाँ अंकित ६ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये जिल्लाको इलाम नगरपालिका वडा नम्बर १ र ४ अतिप्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, बाँकी ४ लाख ४२ हजार ८२० कित्ता सेयर जिल्लाभरीका बासिन्दाहरूका  लागि छुट्याइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले छिटोमा असार २२ गतेसम्म र ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

स्थानीयले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दकपुर र इलाम शाखा, ग्लोबल आइएमइ बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शिल बैंकको राँके, मंगलबारे, वितौले, तिनघरे र इलाख शाखाकार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सकिनेछ ।
 

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit