विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन हाइड्रो पावर कम्पनीको सेयर आवेदन अवधि फेरी थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत बैशाख २५ गतेदेखि १६ गतेसम्म सेयर निष्कासन तथा बिक्री खुल्ला गरिएको माग बमोजिम दरखास्त प्राप्त नभएकाले कम्पनीको सञ्चालक समतिका अनुसार आवेदनको अवधि थप गरिएको हो । 

कम्पनीको कास्कीको मोदी खोलामा निर्माण सम्पन्न १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाले  प्रभावित स्थानीयका लागि सेयर आवेदन आवेदन खुल्ला गरेको थियो । सय रुपैयाँ अंकित ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्कासन गरेको छ । 

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नम्बर १,२,३,४,६ र ७ का सम्पूर्ण स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गरिएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयले जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आईएमई क्यापीटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाड पछि दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ ।  कम्पनीको कास्कीमा १२ मेगावाटको मोदी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३