विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी जलविद्युत कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत जेठ २३ गतेदेखि ३१ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयर किन्न आवेदन दिनेमध्ये २ लाख १ हजार १ सय ९६ जनाले १० कित्ता र बाँकी ९ जनाले ११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित २१ करोढ ९४ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको २१ लाख ९४ हजार ५ सय ९ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार यसमा आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ९७ हजार ८४० कित्ता सेगर समेत थियो ।

कम्पनीको साबिक ढोडेनी, फलेनी र गाविस, हाल दोर्दी गाउँपालिकाको दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit