विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ (असार ७ गते) बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा धितालसहित सदस्यमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

झण्डै साढे ३ दशकदेखि ऊर्जा क्षेत्रको नीति निर्माणमा सरकार तथा सरोकारवाला क्षेत्रमा योगदान पु¥याउँदै आएका धितालले यसअघि पनि आयोगको सदस्यमा करिब ३ वर्ष सदस्यको जिम्मेवारी पूरा गरिसकेका हुन् । यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरिसकेका डा. अधिकारी पनि नीति निर्माण तथा योजना कार्यान्वयनमा सशक्त व्यक्ति मानिन्छन् ।

दशकौंदेखि ऊर्जा विकासका क्षेत्रमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा समेत योगदान पु¥याउँदै आएका धिताल र अधिकारीलाई अहिले आयोगको छवी थप सुदृढ बनाउन सक्ने अनुहारको रूपमा हेरिएको छ । हालसम्मका उपलब्धिलाई संस्थागत गर्दै सिंगो ऊर्जा विकास तथा निजी क्षेत्रको सहजीकरणमा नयाँ पदाधिकारीले केही ठोस् कदम चाल्नुपर्ने चुनौती पनि थपिएको छ ।

आयोगमा रिक्त अध्यक्षसहित एक महिला र २ सदस्यका लागि भएको प्रतिस्पर्धामा कानुनी विवादका कारण महिला सदस्यको भने नियुक्त हुन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । अध्यक्षसहित ४ सदस्य रहने आयोगमा एक सदस्य गौतम डंगोल भने जिम्मेवारीमै छन् ।

यसअघि आयोगकी महिला सदस्य भागिरथी ज्ञवालीको कार्यकाल सकिएपछि उनले पुनः सदस्यमा आवेदन दिएकी थिइन् । महिलामा ज्ञवालीसहित शकुन्तला ढकाल मरहट्ठा र जेनी पुरीको पनि आवेदन परेको थियो । छोटो सूचीमा परेकी ढकालले कार्ययोजना प्रस्तुतिमा सहभागिता जनाइनन् भने पुरी छनोटमै परेकी थिइनन् ।

आयोग पदाधिकारीको कार्यकाल गत बैशाख २५ गते सकिएपछि मन्त्रालयले बैशाख २६ गते अध्यक्षसहित ३ सदस्यका लागि इच्छुक उम्मेदवारबाट आवेदन खुल्ला गरेको थियो । अध्यक्षमा ८ र सदस्यमा ११ जनाले आवेदन दिएका थिए । अध्यक्षमा आवेदन दिने मध्ये अर्जुनजंग थापा, चन्द्रसिंह साउद, दिल्लीबहादुर सिंह, डा. अधिकारी, मोतिबहादुर कुँवर र डा. धिताल छोटो सूचीमा परेका थिए । यस्तै, सदस्यमा कृष्णसिंह बस्नेत, चुडामणि चापागाईं, जयराज भण्डारी, झमकप्रसाद शर्मा, ज्ञवाली, डा. अधिकारी, ढकाल र सुरेशबहादुर भट्टराई छनोटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३