विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । लगानी बाेर्ड नेपालले अहिलेसम्म विविन्न ३३ परियाेजनाका लागि १० खर्ब ४० अर्ब रुपैयाँ बराबरकाे लगानी स्वीकृति गरेकाे छ । सार्वजनिक-निजी साझेदारी (पिपिपी) सँग सम्बन्धित विश्व सञ्जाल युनिट (डब्लूएपिपिपी) प्रधानमन्त्री शेरबहादुर देउवासँग असार ५ गते गरेकाे भेटका क्रममा उक्त जानकारी गराइएकाे हाे ।

डब्लूएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेक सहित तीन जनाको प्रतिनिधिमण्डलसँगकाे भेटमा देउवाले नेपालमा पिपिपी अन्तर्गत स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताए । साथै, पिपिपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लूएपिपिपीको विज्ञताको लाभ लिन नेपाल इच्छुक रहेको उनकाे भनाइ थियो ।

साेही क्रममा लगानी स्वीकृतिकाे दायरालाई फराकिलाे बनाउँदै अागामी सन् २०२५/२६ सम्म १० अर्ब अमेरिकी डलर लगानी स्वीकृति गर्ने लक्ष्य रहेकाे बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिएका थिए । पिपिपी मार्फत् पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजनाहरू कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिने भन्दै यसले स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार हुनेमा छलफल भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit