विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्य बढाउने उद्देश्यले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । अभियान अन्तर्गत नगरपालिकाहरूसँगको समन्वय तथा सहकार्यमा सहरका मुख्य सडक, ऐतिहासिक सांस्कृतिक एवं विश्व सूचीमा सूचीकृत सम्पदा र पर्यटकीय स्थालहरूमा सजावटयुक्त स्मार्ट बत्ती जडान गर्न लागिएको हो ।

स्मार्ट बत्ती जडानले सहरको सौन्दर्य बढ्ने, विद्युत खपत बढाउन सकिनुका साथै रातको समयमा खेर जाने विद्युतको उपयोग समेत हुने भएकाले अभियान चलाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार सफाइ अभियानअन्तर्गत सहरका मुख्य तथा सहायक सडकका प्रयोगविहीन विद्युतीय पोल तथा तारहरू हटाउने, पोलमा लत्रिएका तारलाई भूमिगत बनाउने कार्य प्राधिकरणले गर्नेछ ।

पहिलो चरणमा उपत्यका, चितवनको भरतपुर र पर्यटकीय स्थल पोखरा महानगरपालिकासँगको सहकार्यमा अभियानको सुरुवात गरिने पनि उनले बताए । ‘पहिलो चरणमा राजधानी, भरतपुर र पोखरालाई छनोट गरेका छौं,’ उनले भने, ‘त्यसपछि क्रमशः देशका अरु सहरहरूमा पनि यो अभियान लागु हुन्छ ।’ 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरेको वितरण लाइन तथा सबस्टेसनको क्षमता बृद्धी गरी प्रणालीको गुणस्तर सुधार गर्ने, वितरण प्रणाली भूमिगत लगायत घोषणा कार्यान्वयन गर्नका लागि अभियान अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ ।

‘अहिले सडकमा प्रयोगमै नरहेका पोल जताततै देखिन्छन् । ती पोल हटाउने कार्यको सुरुवात भइसकेको छ । वितरण प्रणाली भूमिगत गर्नका लागि पनि रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रले काम गरिरहेका छन् । अब सहर कुपर हुने गरी विद्युतीय पोलमा टाँगिएका सेवा प्रदायकका तारलाई पनि भूमिगत लाइनमै राख्दैछौं’ उनले भने ।

जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने तथा विद्युतीय पोलमा टाँगिएका सेवा प्रदायकका तारसमेत भूमिगत बनाएपछि सहरको सौन्दर्यता बढ्ने उनले बताए । विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ । 

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो 

प्राधिकरणले ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थानहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जाडान गर्न अभियान नै चलाउने भएको छ । अभियान अन्तर्गत ललितपुर महानगरपालिकाको सकृय सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान कार्य भइसकेको छ । 

डडेलधुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भैसकेको छ । चितवनको भरतपुर महानगरपालिका, झापाको कन्काई,  दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको  भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्तीको जडान कार्य भैरहेको छ । 

काठमाडौं, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर– भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्ती हटाएर स्मार्ट बत्ती  जडानको प्रकृया अगाडि बढिसकेको घिसिङले बताए ।

स्मार्ट सडक बत्ती जडानका लागि देशभरबाट माग आइरहेकाले २० वटा नगरपालिकाको माग कार्यान्वयन गर्ने तयारी भइरहेको पनि उनले बताए । अहिले कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको  कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर लगाएतका नगरपालिको मागको कार्यान्वयन प्राधिकरणले गर्न लागेको छ ।

नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट बत्ती जडान गरिनेछ । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिकाहरुले आफैंले शतप्रतिशत लगानी गरी बोलपत्र गरेमा भने प्राधिकरणले त्यसको प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरुमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिने छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit