विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाल्पामा निर्माण भएको ३३/११ केभी सिलुवा सबस्टेसन निर्माण सुरु भएको ७ वर्षपछि सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले मंगलबार (हिजो) देखि सबस्टेसन सञ्चालनमा ल्याएको हो ।

२०७१ असोजदेखि निर्माण सुरु भएको सबस्टेसन सम्पन्न गरी ‘नो लोड’ मा चार्ज गरिएको  लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझाले बताए । उनका अनुसार सबस्टेसनमा ३ एमभीएको ट्रान्सफर्मर जडान गरी चार्ज गरिएको छ । भोली (बिहीबार) बिहानदेखि लोड दिएर चार्ज गर्ने तयारी भइरहेको छ ।

 ‘सबस्टेसन लोडमा चार्ज भएपछि बिर्कोट पूर्वमा नियमीत वितरणलाई सहयोग पुग्नेछ,’ उनले ऊर्जाखबरसँग भने, ‘पूर्वि फिडरको लाइन अवरुद्ध कम भई नायर पूर्व, उत्तर खानीगाउँ, आर्यभन्ज्याङ, तानु, हुमिन, पूर्वखोला, जल्पा र रम्भा क्षेत्रको विद्युत गुणस्तर हुनेछ ।’

सबस्टेसन र प्रसारण लाइनको काम करिब ७ वर्षमा पूरा भएको हो । अगाहुखोला देखि निर्माण भएको ३० किलोमिटर लामो ३३ केभी लाइनमा स्थानीयले अवरोध गर्दा अवधि लम्बिएको हो । आयोजनाको काम आङ के इन्टरनेशनल विश्वनाथ जेभीले गरेको हो। आयोजना सम्पन्न गर्न करिब ४ करोड २० लाख रुपैयाँ लागत लागेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit