विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पर्वतको पैयुँ र विहादी गाउँपालिकामा निर्माण भएको ३.५ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु भएको छ । पैयुँ खोला हाइड्रो पावर कम्पनीले ५ वर्षमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत ३३ केभी घाङ्ग्रे–लुंखु प्रसारण लाइन मार्फत प्रणालीमा जोडिएको छ । आयोजनाबाट गत सोमबारदेखि नै परीक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

२०७५ सालदेखि निर्माण सुरु भएको आयोजना ५ वर्षमा सकिएको हो । आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं–२ वेउलीवासको छचन्नेमा रहेको छ । छचन्नेदेखि ३ हजार ६०० मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको विद्युत्गृहमा पानी खसालिएको छ ।

आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाइनाको एशियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको हो ।पाइपलाइनको काम ‘के एण्ड के विल्डर्स विराटनगर’ले गरेको हो । आयोजनको सिभिलतर्फको निर्माण कार्य ‘द ब्रदर्श विल्डर्स काठमाडौँ’ले गरेको हो ।

आयोजनाबाट २०७६ साल मै विद्युत् उत्पादन सुरु गर्ने पहिलो तालिका थियो । तर, कोभिड–१९ महामारी, बाढीपहिरोले पुर्‍याएको क्षति लगायत कारणले समय थप भयो ।

आयोजना सम्पन्न गर्न १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंक लिमिटेड र गरिमा विकास बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit