विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ५ कुम्डीमा सञ्चालित ७६ किलोवाट क्षमताको नौमुले लघु जलविद्युत  समस्या आउँदा त्यस क्षेत्रकाे विद्युत आपूर्ति बन्द हुन पुगेकाे छ । लघु जलविद्युतकाे आयोजनाको विद्युतगृहकाे फित्ता चुँडिएपछि समस्या आउँदा विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे।

मंगलबार (मंसिर १ गते) देखि लघुजलविद्युतको उत्पादन बन्द भएपछि ४ गाउँका करिब ६ सय घरधुरी अन्धकारमा रहेको वडा अध्यक्ष चन्द्रबहदुर नेपालीले बताए । उनका अनुसार कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका स्थानीयबासी अन्धाकार बस्न बाध्य छन् ।

‘ आपूर्ति सुचारु गराउन विद्युतगृहको मर्मत भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘मर्मत पूरा गरी पहिले जसरी सञ्चालनमा ल्याउन अझै एक साताकाे समय लाग्ने अनुमान छ।’ विद्युत अवरोध भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न तथा सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित हुन पुगेकाे छ । यो लघुजलविद्युत २०६९ देखि सञ्चालनमा छ ।

गाउँपालिकाले वडा नम्बर २ स्थित मुरुली गाउँमा विद्युतीकरण गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सयुक्त लगानीमा ५० किलोवाट क्षमताको साैर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले बताए ।

जिल्लाको वडा नम्बर ३, ४ र ५ का अधिकांश गाउँमा विद्युत पहुँच पुगिसकेको छ ।  २ नम्बर वडामा पनि ३ महिनाभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।

गाउँपालिकाको वडा नम्बर १ मा अहिलेसम्म विद्युत पहुँच पुगेको छैन । यो वडाको विद्युतीकरणका लागि ४८ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण भइरहेको छ । यो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार अबको एक महिनाभित्र काम पूरा गरी यो वडामा पनि विद्युत पहुँच पुर्याउने गाउँपालिकाले तयारी गरिरहेको छ । जिल्लाको चन्दननाथ नगरपालिकामा मात्र अहिलेसम्म राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । गत साउनमा जुम्लामा राष्ट्रिय प्रणालीको विद्युत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३