विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ‘ऊर्जा ऋणपत्र’ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ निष्कासनको अनुमति दिएको हो ।

बैंकले ५ अर्ब बराबरको ५ लाख कित्ता उर्जा ऋणपत्र जारी गर्ने अनुमति पाएको हो । बोर्डले कात्तिक २४ गते अनुमति प्रदान गरेको हो । ३ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने २ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन हुनेछ ।

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । ऋणपत्र निष्कासनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत  पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएको छ । बैंकले स्थापनाको छोटो अवधिमा २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit