विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धवलागिरी हिमालबाट उत्पत्ति भएर बग्ने पानी उपयोग गरी म्याग्दीमा निर्माण हुने २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनामा ४ वाणिज्य बैंकले साढे दुई खर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने प्रतिबद्धता गरेका छन् । जसअनुसार प्रवद्र्धक कम्पनी संयुक्त ऊर्जा प्रालि र बैंकहरूबीच बुधबार (चैत ४ गते) लगानी सम्बन्धी सम्झौता भएको छ ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुने आयोजनामा बैंकहरूले २ अर्ब ५२ करोड १२ लाख रुपैयाँ लगानी गर्नेछन् । ३ अर्ब ६० करोड १७ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा गैरआवासीय नेपाली (एनआरएन) को समूहले करिब ५४ करोड रुपैयाँ स्वपुँजी (स्वपुँजीको ५० प्रतिशत) लगानी गर्ने तय भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी सहित एनआरन समूहले नै निर्माणको अगुवाई लिएको आयोजना नेपाल बैंक लिमिटेडको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकले लगानी गर्नेछन् । प्रवद्र्धक कम्पनीका अनुसार आयोजनामा नेपाल बैंकले ७५.१२ करोड रुपैयाँ, वाणिज्य बैंकले ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६४ करोड रुपैयाँ र सनराइज बैंकले ४७ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

प्रतिमेगावाट लागत १७.३० करोड रुपैयाँ अनुमान गरिएको आयोजनाबाट विद्युत् उत्पादन भएको पहिलो वर्ष ७१ करोड र त्यसपछिका वर्षमा वार्षिक ८८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाबाट आन्तरिक प्रतिफल वार्षिक १६.६८ प्रतिशत र आम्दानी प्रतिफल २७.१८ प्रतिशत हुने अनुमान गरिएको छ ।

निर्माण क्षमता २१.३ मेगावाट रहे पनि नेपाल विद्युत् प्राधिकरणसँग २०.८ मेगावाटको मात्र विद्युत् खरिद सम्झौता (पिपिए) गरिएको छ । २०७५ जेठ १७ गते पिपिए भएको आयोजनाले २०७६ चैत १२ गते उत्पादन अनुमतिपत्र पाएको थियो । वार्षिक ११९ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने आयोजनाको विद्युत् १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत विद्युत्गृहदेखि २० किलोमिटर टाढा दाना सबस्टेसनमा जोडिनेछ ।

राहुगंगा गाउँपालिका–८ कुहिने मंगलेमा निर्माण हुने आयोजनाका लागि अधिग्रहण गर्नुपर्ने ४७ रोपनी जग्गा मध्ये अहिलेसम्म २१ रोपनी किनिसकिएको छ । विद्युत्गृहसम्म पहुँचमार्ग पुगेको हुँदा निर्माण सुरु गरी अबको २८ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सतही विद्युत्गृह निर्माण हुने आयोजनाको हेड (पानी खसाल्ने उचाई) ३५४ मिटर छ ।

एनआरएनकै अग्रसरतामा स्थापना भएको कम्पनीमा एनआरएनका उपाध्यक्ष डा. बद्री केसी अध्यक्ष रहेका छन् । यस्तै अन्य सञ्चालकमा गोपालप्रसाद निउरो, सुभाषचन्द्र बराल, राजेन्द्रकुमार बिसी, नारायणप्रसाद जोशी, धर्मराज अधिकारी र दीपक अधिकारी छन् । आयोजना राम्रो रहेको र व्यवस्थापन चुस्त भएको हुँदा तोकिएको समयभित्रै निर्माण पूरा हुने अध्यक्ष केसीले बताए । पिपिए अनुसार २०८० साउन १६ गते आयोजनाका लागि विद्युत् उत्पादन गर्नुपर्ने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit