विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६६ केभी चपली–चावहिल प्रसारण लाइनको विद्युत सेवा बन्द गरेको छ । प्राधिकरणले लाइनको पुरानो तथा जिर्ण कन्डक्टर बदली गर्नका लागि सेवा बन्द गरेको हो ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित प्रसारण लाइनको चपली–चावहिल (सर्किट–२) खण्डको कन्डक्टर बदलीका लागि सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत सोमबार  (५ गते) देखि सेवा बन्द भएको छ ।

सेवा आगामी माघ ४ गतेसम्म बन्द हुनेछ । प्राधिकरणका अनुसार विद्युत दैनिक बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समयअगावै सेवा सुरु हुनेछ ।

प्राधिकरणले यसअघि पनि ६६ केभी चपली–चावहील लाइनको सर्किट–१ को लाइन बन्द गरी पुरानो तथा जिर्ण कन्डक्टर बदलीको काम गरिरहेको छ । प्राधिकरणले गत मंसिर ५ गतेदेखि सेवा बन्द गरेर बदलीको काम गरिरहेको छ । यो खण्डको पुरानो तथा जिर्ण कन्डक्टर बदलीको काम आगामी शुक्रबार (९ गते) सम्म हुनेछ ।

हेटौडा–परवानीपुर डबल सर्किटको विद्युत सेवा पनि ६ दिन बन्द हुने

६६ केभी हेटौडा–परवानीपुर डबल सर्किट प्रसारण लाइनको विद्युत सेवा पनि ६ दिन बन्द हुने भएको छ । प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित लाइनको टावर नम्बर ३२३ देखि परवानीपुर सबस्टेसनको ग्यान्ट्रीको बिचमा एउटा टावर थप गर्न र कन्डक्टर बदली गर्ने कार्यका लागि सेवा बन्द गर्न लागिएको हो ।

टावर खडा गर्ने र सबस्टेसनभित्र टावरको काम गर्नुपर्ने हुँदा परवानीपुर सबस्टेसनबाटा ६६ केभी हेटौडा फिडर–१ र २ बन्द गरिनेछ । सेवा बिहीबार (८ गते) देखि मंगलबार (१३ गते) सम्म बन्द हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समय अगावै अवरुद्व सेवा सुरु गर्ने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit