विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले एक दिन नपुग्दै आफैले निकालेकाे सूचनाप्रति क्षमा याचना गरेकाे छ । केन्द्रले मिटर अभावको कारण देखाउँदै नयाँ मिटर जडान गर्न माग गर्ने ग्राहकको आवेदन लिन बन्द गरेको भन्दै सार्वजनिक भएको सूचना निकालेकाेमा आज (बुधबार) यस्ताे सूचना नै नकिकालेकाे भन्दै गल्ती सच्याएकाे छ ।

६ गते मंगलबार निकालेकाे सूचना छलफलका लागि मात्र बनाइएको र मिटर फारम बन्द नभएकाे भन्दै बताइएकाे छ । केन्द्रले गत मंगलबार भएको छलफलका लागि मात्र टाईप गरेर राखेको र केन्द्रको आधिकारीक फेसबुकमा पनि सार्वजनिक नभएको भन्दै नयाँ सुचना सार्वजनिक गरेको छ । केन्द्रले यसअघि अर्को व्यवस्था नहुँदासम्मका लागि नयाँ मिटरकाे आवेदन फारम बन्द गरिएको भनेर सूचना सार्वजनिकाे गरेकाे थियाे ।

नयाँ सिंगल फेज विद्युत मिटर आवेदन फारम बन्द नभएको पनि केन्द्रले सार्वजनिक गरेको नयाँ सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुहाेस्

रत्ननगर टाँडी वितरण केन्द्रले विद्युत मिटर माग्ने ग्राहककाे आवेदन लिन छाेड्याे

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit