विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रको ३० करोड रुपैयाँ विद्युत बक्यौता उठाउन बाँकी देखिएको छ । ग्राहकले लामो समयदेखि विद्युत महसुल नतिरेकाले यति धेरै बक्यौता बाँकी देखिएको हो ।

वितरण केन्द्रले पटक–पटक ताकेता गर्दा पनि ग्राहकले महसुल नतिरेपछि लाइन काटेर विद्युतको बाँकी बक्यौता असुल्न सुरु गरेको छ । अटेर गर्ने ग्राहकको नाम कालो सूचीमा राख्दासमेत महसुल नतिरेपछि धमाधम लाइन काट्न सुरु गरेको वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले बताए ।

‘म भर्खरै यस वितरण केन्द्रमा सरुवा भएर आइपुगेको हुँ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत बक्यौता धेरै बाँकी देखियो । अब अटेर गर्ने ग्राहकको लाइन काटेर असुल्न सुरु गरेको छु ।’ उनले सोमबारदेखि नै ५० हजार रुपैयाँभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्न सुरु गरिएको बताए ।

सोमबार ५० हजार बढी विद्युत बक्यौता भएका १९ जना ग्राहकको लाइन काटिएको छ । यी ग्राहकबाट १३ लाख ३२ हजार रुपैयाँ बक्यौा उठ्न बाँकी छ । लाइन काटिएका १३ मध्ये ८ जनाले सोमबार नै बाँकी बक्यौता तिरेको यादवले जानकारी दिए । 

५ जनाबाट ५ लाख ३२ हजार रुपैयाँ विद्युत बक्यौता उठेको छ । उनले क्रमशः ६० दिनभन्दा बढी विद्युत बक्यौता बाँकी रहेका सबै ग्राहकको लाइन काट्दै जाने बताए । प्राधिकरणले लामो समय देखि विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता उठाउँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit