images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बाली (इन्डोनेसिया) । ‘दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ इन्डोनेसियाको राजधानी बालीमा ३ दिने अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन हुन लागेको छ । आज (कात्तिक १४ गते) औपचारिक उद्घाटन हुन लागेको सो कार्यक्रममा नेपाल, भारत लगायत विश्वभरिबाट विज्ञ, कार्यपत्र प्रस्तोता तथा प्रतिनिधिहरूको ठूलो सहभागिता हुनेछ ।

सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नविनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, एचआइडिसिएलकै उपमहाप्रबन्धक समेत रहेका नेपाल हाइड्रो पावर एसोसिएसनका अध्यक्ष अरुण रजौरिया, अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आइएचए) का कार्यकारी सदस्यसमेत रहेका बिजबेल इन्भेष्टमेन्ट प्रालिका संस्थापक सुशील पोखरेल, ऊर्जा डेभलपर्स प्रालिका प्रबन्ध निर्देशक भानु पोखरेल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रतिनिधि लगायत ४० भन्दा बढी व्यक्तिहरू बाली आइपुगेका छन् ।

नवीकरणीय ऊर्जा विकासलाई प्राथमिकताका साथ विकास गर्ने योजनामा रहेको इन्डोनेसियाले  सम्मेलनबाट ‘इन्डोनेसिया नै दक्षिण एसियाको हरित ऊर्जाको हब हुन सक्ने’ सन्देश दिन खोजेको छ । यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने सम्मेलनमा विश्वभरबाट जलविद्युत क्षेत्रमा काम गरिरहेका कम्पनी, उपकरण उत्पादक, परामर्शदाता लगायतको समेत सहभागिता रहनेछ ।

कार्यक्रमको उद्घाटन सत्रमा आइएचएका अध्यक्ष तथा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुल, इन्डोनेसियाका ऊर्जा तथा खनिज मन्त्री अरिफिन तस्रिफ लगायतले महत्त्वपूर्ण मन्तव्य राख्ने कार्यक्रम छ । यस्तै, नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव, सिंह, प्राधिकरणका अधिकारी, ऊर्जा युएएआइडीका तर्फबाट उषा खतिवडाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालका लागि अब स्टोरेज ता पम्प स्टोरेज जलविद्युत् आयोजनाको महत्त्व बढ्दै गएको हुँदा त्यसमा केन्द्रित हुँदै यस्ता खालका आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यमाथि केन्द्रत रहेर कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । साथै, नेपाल हरित तथा नवीकरणीय ऊर्जा विकासको गन्तव्य रहेको सन्देश प्रवाह गर्दै यसमा लगानी भित्र्याउन जोड गरिने सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit