विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा पुगेको छ । सानिमा ग्रुपअन्तर्गतको माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनाको परीक्षण अन्तिम चरणमा पुगेको र एक–दुई दिनभित्रै परीक्षण पूरा गरी राष्ट्रिय प्रसारणमा जोडेर परीक्षण उत्पादन सुरु गरिने कम्पनीका महाप्रबन्धक काङ्गडा प्रसाईले बताए । 

‘हामीले आफ्नो आन्तरिक सबै संरचनाको परीक्षण सकिसकेका छौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिको उपस्थितिमा हामीले हिजो प्रसारण लाइनको परीक्षण सकेका छौँ । आज स्वीचयार्ड परीक्षण सकेर विद्युत् गृहको परीक्षण नो लोडमा भइरहेको छ । यो सकेर भोलिबाट हामी लोड टेष्ट पनि सुरु गर्नेछौँ ।’

परीक्षण सबै पास भए प्राधिकरणको स्वीकृतिमा बुधबार १२ बजेदेखि परीक्षण उत्पादन सुरु गरिने छ । 

उनका अनुसार आयोजना निर्माण सुरु गरेको ३ वर्षमा पूरा भएको छ । आयोजनाको निर्माण लागत २ अर्ब ८० करोड पुग्ने छ । आयोजनाबाट उत्पादन हुने बिजुली त्रिशूली–३ बी हब सबस्टेसनमा जोडिने छ ।

सबस्टेसनसम्मको प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको छ । आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । योजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

सानिमा समूहले माथिल्लो मैलुङसहित ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

यो समूहले यसअघि २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेड आयोजनाको सफल निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाको थप विवरण

आयोजना : माथिल्लो मैलुङ खाेला

क्षमता : १४.३ मेगावाट

प्रवर्द्धक : माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी

आयोजनास्थल : रसुवा

सुरुङ : १.८ किलोमिटर

विद्युत जोडिने स्थल : त्रिशुली–३ बी

लागत : २ अर्ब ८० करोड रुपैयाँ

ऋण लगानी : १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ (७० प्रतिशत)

वित्तिय संस्था : सिद्वार्थ बैंक, नेपाल एसबीआई बैंक

वार्षिक विद्युत उत्पादन : ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit