विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले १० वर्षमा १० हजार मेगावाटका जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । १० वर्षअघि (२०६८ , असार २७ गते) आजकै दिन स्थापना भएको यस कम्पनीले जलविद्युतमा लगानी गर्ने १० वर्षको महत्वकांक्षी लक्ष्य निर्धारण गरेको हो ।

जलविद्युतमा ऋण, सेयर तथा रणनीतिक साझेदारीमा लगानी गर्ने कम्पनीको योजना छ । १ दशकमा २ हजार ६५ मेगावाटका १७ जलविद्युत आयोजनामा लगानी गरेको र अबको १० वर्षमा यो संख्या ७५ पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

अबको ३ वर्ष (आर्थिक वर्ष २०८०/८१) भित्र ६ हजार ४ सय ३१ मेगावाटका ४६ जलविद्युत आयोजनामा लगानी गरिसक्ने योजना छ । विगतमा अबलम्बन गरेको रणनीति र हासिल भएका उपलब्धीको समिक्षा गरी भावी योजनाको ४ वर्षे रणनीति तयार तयार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले बताए । यो रणनीतिक योजना साउन १ गतेबाट कार्यान्वयनमा आउने उनले बताए ।

४४३ मेगावाटका आयोजनामा ऋण लगानी

कम्पनीले १० वर्षमा जलविद्युतमा करिब ७ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएका ४४३ मेगावाटका एक दर्जन जलविद्युत आयोजनामा यति ऋण लगानी गरेको हो ।

कम्पनीले लगानी गरेका आयोजनामा अहिलेसम्म ४ अर्ब ३३ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ । ऋण लगानी भएका मध्ये ५ जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

निर्माण सम्पन्न भई सञ्चालनमा आउने आयोजनामा २२ मेगावाटको बागमती साना, २३.५ मेगावाटको सोलु खोला, ४२ मेगावाटको मिस्ट्री खोला, २५ मेगावाटको काबेली ‘बी’–१ र २२.१ मेगावाटको तल्लो हेवा छन् । यी मध्ये काबेली ‘बी’–१ र तल्लो हेवा आयोजनाले कम्पनीबाट लिएको ऋण चुक्ता समेत गरिसकेका छन् । 

कम्पनीले काबेली ‘बी’–१ मा २० करोड र तल्लो हेवामा १५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । कम्पनीले बागमती साना र सोलु खोलामा २०÷२० करोड रुपैयाँ लगानी गरेको छ । मिस्ट्री खोलामा सबैभन्दा बढी १ अर्ब ९ करोड रुपैयाँ ऋण लगानी गरेको कम्पनीले जनाएको छ ।

ऋण लगानी भएका ७ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । ३० मेगावाटको न्यादी, ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, २७ मेगावाटको दोर्दी खोला, २८.१ मेगावाटको तल्लो लिखु, ८६ मेगावाटको सोलु दूधकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशूली– ‘बी’ कम्पनीले ऋण लगानी गरेका निर्माणाधीन आयोजना हुन् ।

यी मध्ये दोर्दी खोला, न्यादी, तल्लो सोलु र माथिल्लो सोलुको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । न्यादीमा ५४ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता रहेकोमा ३७ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ । 

तल्लो सोलुमा ६० करोड रुपैयाँको प्रतिबद्धता रहेकोमा ४४ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ । माथिल्लो सोलुमा २०, तल्लो लिखुमा ८० करोड , सोलुदूधकोसीमा ९० करोड र माथिल्लो त्रिशूली–३ ‘बी’ मा सबैभन्दा बढी १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता छ । जसमध्ये तल्लो लिखुमा ४९ करोड, सोलु दूधकोसीमा ४१ करोड र त्रिशूली–३ ‘बी’मा ३२ करोड ऋण प्रवाह भइसकेको कम्पनीले जनाएको छ ।

५ जलविद्युत आयोजनामा सेयर लगानी

कम्पनीले ५ जलविद्युत आयोजनामा सेयर लगानी गरेको छ । यी आयोजनाको जडित क्षमता ७१० मेगावाट छ । कम्पनीले यी आयोजनामा ७ अर्ब १ करोड रुपैयाँ सेयर लगानी गर्दैछ । अहिलेसम्ममा १ अर्ब ११ करोड रुपैयाँ प्रवाह समेत भइसकेको छ ।

कम्पनीले सेयर लगानी गरेका आयोजनामा ७७.५ मेगावाटको घुन्सा खोला, ७०.३ मेगावाटको सिम्बुवा खोला, ४८० मेगावाटको फुकोट कर्णाली, ५७.५ मेगावाटको नुप्चे लिखु र २५ मेगावाटको सेती छन् । घुन्सा खाृला, सिम्बुवा खोला र फुकोट कर्णालीको अध्ययन अन्तिम चरणमा पुगेको छ । नुप्चे लिखु र सेती नदी निर्माणाधीन छन् ।

४ विद्युत सम्बन्धी कम्पनीमा सेयर लगानी

एचआइडिसिएलले ऊर्जा क्षेत्रको विकासमा सक्रिय ४ वटा कम्पनीमा पनि सेयर लगानी गरेको छ । नेपाल सरकारको स्वामित्व रहेको पावर ट्रान्समिसन कम्पनी, विद्युत उत्पादन कम्पनी, नेपाल पावर ट्रेडिङ र नेपाल विद्युत प्राधिकरणको सहायक एनइए इन्जिनियरिङ कम्पनीमा सेयर लगानी गरेको छ । यी सबै कम्पनीले ९२ करोड रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

रणनीतिक साझेदारीमा २ जलाशय आयोजनामा लगानी
कम्पनीले चीनको पावर चाइना कम्पनीसँगको साझेदारीमा २ जलविद्युत आयोजनामा लगानी गर्दैछ । यी आयोजनाको जडित क्षमता ९ सय १२ मेगावाट छ । पावर चाइनासँग मिलेर १५६ मेगावाटको माडी जलाशय र ७५६ मेगावाटको तमोर जलाशय जलविद्युत आयोजनामा लगानी गर्दैछ ।

माडीमा २६ प्रतिशत र तमोरमा ५१ प्रतिशत लगानी कम्नीले गर्नेछ । माडी आयोजना अहिले अध्ययनको चरणमा छ । तमोर जलाशयको प्रारम्भिक अध्ययन भइरहेको छ ।

सरकारले २०६८ साल असार २७ गते जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने आयोजनामा सेयर एवं ऋण लगानी गर्ने उद्देश्यले कम्पनीको स्थापना भएको थियो । कम्पनीले आइतबार १०औं वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले १०औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको गतिविधि एवं भावी योजनाबारेकाे थप विवरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit