विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रालिकाे साधारण सेयर भर्ने मंगलबार (आज ) अन्तिम दिन हाे । कम्पनीले गत शुक्रबार (चैत ६ गते) बाट दोलखामा निर्माण सम्पन्न २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सेयर बिक्री खुलाएकाेमा आवेदन दिने अवधि साँझ ५ बाट सकिन लागेकाे हाे ।

कम्पनीकाे सेयर भर्न लगानीकर्ताकाे उत्साहजनक सहभागिता देखिएकाे छ । साेमबारसम्मकाे तथ्यांकअनुसार १० लाख ७० लाखले सेयर खरिद गर्न आवेदन दिइसकेकाे कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले बताए । उनका अनुसार सेयर आवेदकबाट २ अर्ब रुपैयाँ बढी रकम संकलन भइसकेकाे छ ।

‘मागभन्दा ७.१ गुणा बढीकाे आवेदन परिसकेकाे छ,’ उनले ऊर्जाखबरसँग भने, ‘आज साँझसम्ममा १० गुणा बढी आवेदन पर्न सक्ने सम्भावना देखिन्छ ।’ उनले सर्वसाधारणकाे उत्साहजनक सहभागिता देखिए पनि करिब २ लाख ६९ हजार ७ सय जनाले मात्रै गाेला प्रथाबाट १० कित्ता सेयर पाउने बताए ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यकाे २९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको छ। निष्कासित सेयरमध्ये ५८ हजार कित्ता अर्थात् २ प्रतिशत सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ । 

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुटट्याइएको छ । बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ । स्थानीयका लागि छुट्याइएको सेयरका लागि पनि मागभन्दा बढी आवेदन परेको थियो ।

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन ।

प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेकाले चालू आर्थिक वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन सुरु हुँदैछ । आयोजना सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट वार्षिक ७० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit