विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । विद्युत क्षेत्रकाे नियामक विद्युत नियमन आयोगले पुँजी बजारमा वित्तीय स्वास्थ्य कमजोर भएका जलविद्युत कम्पनीको सेयर मूल्य अस्वभाविरूपमा बढिरहेकाले सचेत भई लगानी गर्न आग्रह गरेको छ । आयोगले बिहीबार सूचना जारी गरी जलविद्युत कम्पनीको सम्पूर्ण अवस्थाको अध्ययन गरेर मात्रै लगानी गर्न लगानीकर्तालाई सचेत गराएको हो ।

लामो समयदेखि केही जलविद्युत कम्पनीका प्रवर्द्धक नै गलत वित्तीय विवरण दिई दोस्रो बजारमा सेयर मूल्य  अस्वभाविकरूपमा बढाउने कार्यमा लागेको भन्ने खबरहरू सार्वजनिक भइरहेको भन्दै आयोगको ध्यानाकर्षण भएको सूचनामा भनिएको छ । 

लगानीकर्ताले जलविद्युत कम्पनीको वित्तीय अवस्थाका बारेमा बुझेर मात्रै लगानी गर्नुपर्ने तथा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत कम्पनीले पनि सत्य तथ्य र वास्तविक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने दायित्व भएको आयोगले भनेको छ ।

‘लगानी गर्नुअघि जलविद्युत कम्पनीको नेटवर्थ, बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपातको जानकारी लगानीकर्ताले लिनुपर्छ,’ सूचनामा भनिएको छ, ‘यस बाहेक पनि चालू सम्पत्ति र दायित्वको अनुपात, तरलता अनुपात, निर्माणाधीन आयोजनाकाे प्रवर्द्धक कम्पनीको हकमा प्रगति विवरणबारे पनि बुझ्नु पर्छ ।’

निर्माणाधीन आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार भए÷नभएको, बैंक तथा वित्तीय संस्थाको ऋण तिरिरहेको वा नतिरेको, संचित मुनाफा भए/नभएको, लाभांशको इतिहास, विद्युतगृह पूर्ण क्षमतामा चले÷नचलेको, ऋणको ब्याजको अवस्थालगायतमा पनि लगानीकर्ताले ध्यान पुर्याउने पर्ने सुझाव आयोगले दिएको छ ।

जलविद्युत कम्पनीमा लगानी गर्दा सम्भावित मुनाफा तथा आउन सक्ने जोखिमको पनि लगानीकर्ताले आँकलन गर्नुपर्ने आयोगको भनाई छ । नियतपूर्वक लगानीकर्ता झुक्याउने तथ बहकाउने उद्देश्यले गलत सूचना प्रवाह गर्ने जलविद्यूत कम्पनी तथा प्रवर्द्धक विरुद्ध कडा कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ । साथै, आयोगले जलविद्युत कम्पनीको प्राविधिक तथा वित्तीय अवस्था, दिनसक्ने प्रतिफलका सम्बन्धमा राम्रोसँग अध्ययन गरी तथ्यपरक सूचनाका आधारमा मात्रै सेयर खरिद गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit