विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
रुग्ण बनेको नेशनल हाइड्रोले कसरी सक्यो मुनाफा कमाउन ?

काठमाडौं । सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती–३ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी (एनएचपिसी) लिमिटेड कुनै समय निकै बदनाम थियो । यसको नाम लिना साथ सर्वसाधारणदेखि बैंक वित्तीय संस्थाले समेत हेयको दृष्टिले हेर्थे । कम्पनी ऋणमा चुलुम्म डुबेको थियो ।

संस्थापकदेखि सर्वसाधारण सेयरधनीहरूले मुनाफाको कल्पना समेत गर्न सक्ने अवस्था थिएन । प्रतिशेयर मूल्य ३६ रुपैयाँ थियो तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यसको कारोबार रोक्का थियो । तर, करिब एक दशकपछि भित्रिएको नयाँ व्यवस्थापनले कम्पनीलाई विस्तारै सुधारको बाटोमा अगाडि बढायो ।

नयाँ व्यवस्थापन भित्रिएको ९औं वर्ष अर्थात् स्थापनाको २५औं वर्षमा कम्पनीले सेयरधनीलाई १९.५ प्रतिशत लाभांश बाँड्न सफल भएको छ । आयोजना सञ्चालनको केही वर्षपछि नै रुग्ण अवस्थामा पुगेको र व्यवस्थापन लथालिंग भएको कम्पनीले यसरी मुनाफा बाँड्न सक्ला भनेर कसैले सोचेको थिएन । तर, नयाँ व्यवस्थापनले रुग्ण अवस्थाको कम्पनीलाई उकासेर मुनाफायुक्त बनाएको छ ।

यो उदाहरण, अहिले निजी क्षेत्रका रुग्ण भनिएका एक दर्जन आयोजनामा पनि लागू हुन्छ । व्यवस्थापनको इमान्दारिता, प्राविधिक दक्षता र हिम्मत भयो भने जस्तोसुकै कमजोर जलविद्युत कम्पनी पनि रुग्ण अवस्थाबाट माथि उठ्न सक्छ भन्ने प्रमाण पनि बन्न पुगेको छ, एनएचपिसी ।

कम्पनीले शुक्रबार (चैत ११ गते) स्थापनाको २५औं वर्ष मनाउँदै बोनस सेयर र नगद लाभांशसहित २७ करोड १ लाख ११ हजार ३ सय ९ रुपैयाँ (१९.५०%) बराबरको मुनाफा वितरण गर्ने जानकारी दिएको छ । साथै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत (१०ः५) हकप्रद सेयर पनि जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ६१ लाख ३३ हजार ४ सय ३० युनिट विद्युत बिक्री गरी १५ करोड ९५ लाख ३३ हजार ६३ रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीले सोही अवधिमा सरकारलाई २ करोड ३४ लाख ५३ हजार रुपैयाँ बराबरको विद्युत रोयल्टी बुझाएको छ ।

यसैगरी, कम्पनीले चालू आवको माघसम्म २४ लाख ३८ हजार ९ सय १० युनिट विद्युत बिक्री गरी १ करोड १७ लाख ७९ हजार ९ सय ३५ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आगामी वर्षहरूमा मुनाफा बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

जलविद्युत आयोजना आफैंमा रुग्ण हुन नसक्ने भन्दै कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डले व्यवस्थापनले इमान्दारिताका साथ काम गर्यो भने समस्या समाधान हुँदै जाने बताए । ‘जलविद्युत कम्पनीभित्रका आर्थिक, प्राविधिक र व्यवस्थापकीय समस्या पहिचान गरेर सोही अनुसार काम गर्दै गयो भने रुग्णबाट उकास्न सकिन्छ,’ उनले भने ।

२०५२ साल पुस १३ गते पब्लिक लिमिटेडको रूपमा स्थापना भएको कम्पनीले निर्माण गरेको इन्द्रावती–३ बाट २०५९ साल असोज २१ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । इन्द्रावती नदीमा इन्द्रावती–३ को क्यासकेडको रूपमा ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमतिपत्र पनि लिएको छ ।

यसैगरी, एनएचपिसीले भोजपुरको इर्खुवा खोलामा निर्माण हुने १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला निर्माण गर्न छुट्टै कम्पनी खोलेर काम अगाडि बढाएको छ । उल्लेखित दुवै आयोजनाबाट अबको ४ वर्षभित्र विद्युत उत्पादन गर्ने भनिएको छ । यद्यपि, तल्लो इर्खुवा खोलाबाट २०७९ साल चैतभित्र विद्युत उत्पादन गरिसक्ने लक्ष्य छ ।

एनएचपिसीमा नयाँ सञ्चालक समिति

एनएचपिसीको २५औं वार्षिक साधारणसभाले निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको नयाँ कार्यकारी अध्यक्षमा लगायतार दोस्रो कार्यकालसम्म जिम्मेवारीमा रहेर संस्थालाई नयाँ उचाईमा पुर्याउने कुमार पाण्डे चयन भएका छन् । २०६९ सालमा सञ्चालकको रूपमा प्रवेश गरेका पाण्डेकै व्यवस्थापकीय नेतृत्वका कारण कम्पनी आजको अवस्थामा पुगेको भन्दै सेयरधनीहरूले उनको प्रशंसा गरेका छन् ।

अबका दिनमा पनि उनकै नेतृत्वबाट कम्पनी थप नयाँ उचाईमा पुग्ने भन्दै सेयरधनीहरू हर्षित भएका छन् । सञ्चालक समितिमा नवराज नेपाल, विश्वेश्वर सुवेदी, सोमनाथ सापकोटा, सुशीलाकुमारी शर्मा र कन्चनप्रकाश पाण्डे पनि निर्विरोध चयन भएका छन् । यो सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit