विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ जेठ १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले लघु तथा साना सिँचाई निर्माण तथा व्यवस्थापनका लागि २४ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ मा सिँचाइ नपुगेकाे कृषियाेग्य भूमीमा भरपर्दाे र दिगाे सिँचाइ सुविधा पुर्याउन साे रकम छुट्याएको हो ।

कृषि उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा सुरनिश्चित गर्ने, खाद्यान्न आयात घटाउने तथा वैदेशिक मुद्रा बचत गर्ने उदृेश्यले बजेट विनियाेजन गरिएकाे छ । यसैगरी, पालिकाले खानेपानी तथा सरसफाई क्षेत्रका लागि १ करोड १ लाख ६० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

‘‘हाम्रो मरिण राम्रो मरिण उज्यालो मरिण’’ भने मूल नाराका साथ पालिकाले उज्याले अभियानलाई मुर्तरुप प्रदान गर्न सबै वडाका नागरिकहरूमा विद्युत पहुँच पुर्याउन संघीय सरकार, प्रदेश सरकार र अन्य सरोकारवाला कार्यलयहरुबीचमा समन्वय गरी कार्य अगाडी बढाउने जनाएकाे छ । 

संघीय सरकारसँगको समन्वय र सहकार्यमा २० युनिट सम्मको व्यक्तिगत विद्युत महसुल निशुल्क उपलब्ध गराउने घाेषणा गरेको छ । विद्युत प्रसारण लाइन नपुगेको बस्तीहरूमा सम्बन्धित समन्वय र सहकार्य गरी आगामी आर्थिक वर्षभित्रमा प्रशारण लाइन पुर्याउने जनाइएको छ । पालिकाले नवीकरणीय ऊर्जाको प्रयोग एवं प्रवद्र्धन, विद्युतीय चुलोको पहुँचमा अविबृद्धि गर्दै एल.पि.जि ग्यासको प्रयोगमा न्यूनीकरण गर्ने नीति र कार्यक्रमलाई निरन्तरता दिनेछ ।

विद्युतीय सवारी साधनलाई प्रवर्द्धनका लागि चार्जिङ स्टेसन लगायतका आवश्यक पूर्वाधार निर्माण गर्न पालिकाले विशेष पहल गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit