विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दार्चुलामा पहिचान भएको ५३.८५ मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माणका लागि ११ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएकाे छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त रकम लाग्ने देखिएका हो ।

विद्युत विकास विभागले गरेकाे इआईएअनुसार प्रतिमेगावाट लागत २० करोड ६० लाख ४६ हजार रुपैयाँ रहेको छ। सम्भाव्यता अध्ययन भइसकेको आयोजना दार्चुलाको अपि हिमाल गाउँपालिका–१ मा पर्छ ।

चमेलिया नदीको पानी फर्काउन ६.५ मिटरको उचाई र ३० मिटर लम्बाई भएको बाँध निर्माण गरिनेछ । ५५८८ मिटरको हेडरेस टनेल निर्माण गरिनेछ । सतही पेनस्टक पाइपको लम्बाइ १२१७ मिटर र भूमिगत पेनस्टक पाइपको लम्बाइ ६५३ मिटर हुनेछ ।

आयोजनाका लागि २६.०४६६ हेक्टर जग्गा आवश्यक पर्छ । यो आयोजनाबाट वार्षिक ३१९.१२ गिगावाट घन्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । प्रस्तावित आयोजनामा १२१७.९६ मिटर सतही र ६५३.६७ मिटर भुमिगत पेनस्टक पाइप रहनेछ ।

निर्माण थालेको ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भएपछि ३३ किलोमीटर प्रसारणलाइन निर्माण गरेर बलाच सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit